७ मंसिर २०८१, शुक्रबार

विमानस्थलमा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन


विमानस्थलमा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन

काठमाडौँ, १९ फागुन । त्रिभुवन अन्तररष्ट्रिय विमानस्थलले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउदैँ आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको छ ।

अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज एक विज्ञप्ति जार्री गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरेको हो । विमानस्थलबाट आवतजावत गर्ने सबै हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउने आफन्तजन लगायतलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन र अत्यावश्यक काममा आउने सबैले मास्क प्रयोग गरिदिन पनि अनुरोध गरिएको छ ।

चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनुपर्ने भएको तथा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेका कारण यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !