कुनै पनि भाइरस एक प्रकारको श्वास-प्रश्वाससंग रिलेटेड समस्या हो यसको उपचार पनि सोही अनुसार हुनुपर्छ । भाइरस चाहे नयाँ होस् या पुरानो उपचार पत्ता नलागेको अवस्थामा रोगको लक्षण अनुसार जडिबुटीबाट उपचार गर्दा ठिक हुनसक्छ, नहुन पनि सक्छ ।
कुनै पनि औषधिको आविष्कार गर्दा त्यही रोगीको ब्लडबाट औषधि भ्याक्सिन तयार गरि सुक्ष्म मात्रामा त्यही रोगीलाई प्रयोग गर्दा रोग निको हुन सक्ने सम्भावना प्रबल हुन सक्छ । हामीले एउटा कुरा हमेसा के बुझ्न आवश्यक छ भने रोगको जननी पनि मानिस हो उपचारको खोज गर्ने पनि मानिस नै हो ।
आजको युगमा लापरबाही मानिसबाटै भएको छ । यदि हामीले खाना खानुपुर्ब यो के हो यो खानाले स्वास्थ्यमा केहि असर हुन सक्छ वा सक्दैन भन्ने जानकारी प्राप्त गरेर मात्रै खाने गर्छौं भने कुनै पनि रोग लाग्नबाट बच्न सक्छौं ।
रोग लाग्नुको ठोस् कारण हो रोगसंग लड्ने शक्ति कमजोर हुनु, एउटै परिवारको एउटालाई रोग लाग्नु र अर्कोलाई नलाग्नुको कारण पनि रोगसंग लड्ने शक्ति ह्रास हुनु भन्दा खासै फरक छैन । स्वास्थ्य अमुल्य उपहार हो तर हाम्रो सानो लापरबाहीले ठूलो समस्या आइलाग्ने गरेको हुन्छ ।
कोरोना भाइरस खास गरि कुकुरलाई लाग्ने एक प्रकारको भाइरस सरूवा रोग हो तर आज मानिसमा पनि भएको छ भन्नुको अर्थ हो अत्यधिक जनावरको मासु सेवन गर्नु । जहाँ लापरबाही हुन्छ त्यहाँ रोग लाग्छ । हामीले आफ्नो स्वास्थ्यप्रति सजग रहेर मासु खाने गरौं । कुनै पनि खाने कुरा खानुपुर्ब सोचौं ।
यो पनि पढनुहोस्
यसरी गरौ नोवल कोरोना भाइरसको उपचार
कोरोना भाइरसको उपचारमा समेत उपयोगी हुन सक्ने असुरोको बारेमा रोचक जानकारी
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।