१४ असार २०८१, शुक्रबार

शरीरलाई प्रोटिन किन आवश्यक ?


शरीरलाई प्रोटिन किन आवश्यक ?

शरीरलाई प्रोटिन किन आवश्यक ?  प्रोटिन मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो । प्रोटिन पाइने खानेकुराहरुमा माछा, मासु, अण्डा, दूध, दही, गेडागुडी आदि पर्दछन । हाम्रो शरीरका  सवै अङ्ग, मांसपेशी, स्नायु प्रणाली तथा प्रतिरक्षा प्रणाली धेरै हदसम्म प्रोटिनमा भर पर्छन् । शरीरको संरचना विकासमा यसको भूमिका महत्त्वपूर्ण हुन्छ । मांसपेशीको विकास तथा आन्तरिक स्वस्थताले हाम्रो शरीरको ढाँचा तयार पार्छ र यो सब कुरा प्रोटिनमा निर्भर रहन्छ ।

आवश्यक प्रोटिनको मात्रा शरीरलाई पुगेको छ वा छैन थाहा पाउनु जरुरी छ । प्रोटिनको मात्रा कम वा बढी भएमा पनि शरीरलाई हानी गर्दछ ।  प्रोटिनको अभावमा तपार्इंको शारीरिक विकास राम्रोसँग हुँदैन । प्रोटिन अभाव भएको सङ्केत थाहा पाउन सके त्यसको समाधानको उपाय अपनाउन सकिन्छ ।  प्रत्येक मिनेटमा हाम्रो शरीरका कोषहरू बिग्रँदै र भत्किँदै गइरहेका हुन्छन्, लाखौँ कोषहरू मरिरहेका हुन्छन् ।

यदि प्रोटिन पुगेन भने नयाँ सेल बन्दैन । प्रोटिनमा इमिनो एसिड पनि हुने भएकाले यो ब्रेनका लागि आवश्यक छ । यदि इमिनो एसिड ब्रेनमा पुगेन भने मान्छे एकाग्र हुन सक्दैन । एकाग्र हुन पनि आवश्यक मात्रामा भिटामिन बी वान र प्रोटिन चाहिन्छ । एल-फेनिलालानाइन भन्ने एमिनो एसिडको वर्ग छ, यो पुगेन भने बच्चाहरूले पढ्न-सिक्न सक्दैनन्  किनभने एकाग्र हुन सक्दैन ।

बढी दिमागको काम गर्नेका लागि एमिनो एसिड आवश्यक हुन्छ, यो प्रोटिनमा पाइन्छ । जनावरबाट प्राप्त हुने प्रोटिन कम र रोटी, पास्ता, गेडागुडी, काजु बदाम, दालहरु खाएर बनस्पति प्रोटिन बढी उपभोग गर्नेहरुलाई मृत्युको सम्भावना कम भएको अध्ययनको तथ्यांक छ । मानिसहरुले जनावरबाट प्राप्त हुने प्रोटिनको तुलनामा वनस्पतिबाट प्राप्त हुने प्रोटिन उपभोग गर्नु धेरै राम्रो  हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !