२० असार २०८१, बिहिबार

रक्सी सेवन कलेजोको लागी कसरि घातक?


ram-thakuri

हामि मध्य धेरैलाई रक्सी सेवन गर्दा कलेकोमा नकारात्मक असर पर्छ भन्ने कुरा थाहा नै छ। तर कति पयले यस तथ्यप्रति बेवास्था गर्दै केहि पनि हुँदैन पचाउन सकिहालिन्छनि भन्दै बढीनै रक्सी सेवन गर्दछन । तर यसो गर्नु घातक हुन जान्छ। हाम्रो शरीर बाहिर हेर्दा जति सामान्य देखिन्छ , भित्रि अंगहरु कयौँ गुणा जटिल हुन्छ। ति अंग, तन्तु, अनि कोषले त झनै सुक्ष्म र जटिल कार्यहरु गरिरहेका हुन्छन।

जव हामीले कुनै खाने कुरा सेवन गर्दछौं, तव त्यो पेटमा पुगिसकेपछि खानामा भएका सुक्ष्म अणुहरु रगतको माध्यमवाट शरीरका विभिन्न अंग र कोषमा पुग्दछ। त्यस्तै अंगहरुमध्य कलेजो यस्तो अंग हो जसले शरीरलाई आवश्यक नपर्ने असुद्ध पदार्थ ( रसायन) लाइ भण्डारण गरि निस्कासन को लागि सम्बन्धित अंगमा पुर्याउने गर्दछ।

जव कुनै व्यक्तिले रक्सी सेवन गर्दछ, तव रक्सीको अणु ( इथाइल अल्कोहल ) उक्त व्यक्तिको शरीरभित्र प्रवेस गरिसकेपछि रगतको माध्यम बाट शरीरका सम्पूर्ण भागमा प्रबेस गर्दछ।रक्सी आफैमा तरल घोलक पदार्थ भएकोले मस्तिस्कमा समेत प्रवेश गर्ने हुँदा रक्सी सेवन गर्ने व्यक्ति मातने हुन्छ।

त्यस्तै हाम्रो शरीरभित्र हुने उपापाचयन (metabolism) ( जटिल रासायनिक प्रतिक्रिया) बाट रक्सीको अणुहरुको अक्सिडेसन भइ हानिकारक रसायन इथानल (ethanal) अर्थात एसिटिअल्डीहाईड ( एक प्रकारको अल्डीहाइड रसायन ) मा परिवर्तन हुन् पुग्छ र उक्त रसायनलाइ कलेजोले भण्डार गर्दछ।

कहिलेकाही र थोरै मात्रामा हो भने कलेजोलाई खासै असर पुर्याउदैन तर दैनिक जसो धेरै रक्सी सेवन गर्नेहरुको कलेजोमा लगातार उक्त हानिकारक रसायन (इथानल अर्थात एसिटिअल्डीहाईड) जम्मा भइ रहनाले कलेजोको कार्यक्षमतामा ह्रास आइ कलेजोकै रोग पैदा भइ ज्यानै जाने हुन्छ।

मानिस जतिनै स्वस्थ्य र बलिस्ठ भएपनि शरीरभित्र हुने प्रतिक्रिया सबैमा उही हुने तथ्यलाइ जानी सकेसम्मं रक्सी सेवन गर्दै नगर्ने र गर्नै परे कुनै बिशेष अवसरमा मात्र थोरै परिमाणमा रक्सीको सेवन गर्नु उत्तम हुन्छ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !