घ्युकुमारी स्वास्थ्य र सुन्दरताका लागि निकै फाइदाजनक मानिन्छ। यसलाई अंग्रेजीमा एलोभेरा भनिन्छ र यसमा भिटामीन ए, बी, बी का साथै फोलिक एसिड, क्याल्सियम, म्याग्नेशियम र पोटासियम जस्ता तत्वहरु पाइन्छन् ।
केही फाइदाहरु
१. यसको जुसले शरीरको अनावश्यक तौल घटाउन मद्दत गर्छ ।
२.मुटुका रोगहरुको सम्भावना न्यूनिकरण गर्न एलोभेरा जुस निकै लाभदायी मानिन्छ ।
३.रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ ।
४.दैनिक बिहान एक चम्चा एलोभेरा जेल खानाले पिसाब पोल्ने र संक्रमण हुने सम्भावना कम गर्छ ।
५.राती सुत्नेबेला हरेक दिन एलोभेरा जुस खानाले पेट सफा हुन्छ र कब्जियतको समस्या हुँदैन ।
६.पोलेको ठाउँमा एक चम्चा एलोभेरा जेलमा एक चम्चा मह मिसाएर लगाउनाले राहत मिल्नुका साथै दाग पनि हट्दै जान्छ ।
७.हप्ताको एकपटक कपालमा एलोभेरा जुस लगाउनाले कपाल बाक्लो र मुलायम हुँदै जान्छ ।
८.एलोभेरा जेललाई बेसारसँग मिसाएर मनतातो हुने गरी तताउने र दुखेको ठाउँमा लगाउने । यसले मर्केको, हाडजोर्नीको दुखाइमा राहत दिन्छ ।
९.यसमा पाइने भिटामीन र खनिजहरुले हानिकारक कीटाणु र भाइरल संक्रमणबाट जोगाउँछ ।
१०.एलोभेरा जेल अनुहारमा लगाउनाले दागधब्बा कम हुनुका साथै छाला कोमल र जवान बनाउन मद्दत गर्छ ।
तर कलेजोसँग सम्बन्धीत रोग भएका, गल ब्ल्याडरको समस्यामा र गर्भवती महिलाले भने एलोभेरा सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिएर मात्र गर्नुपर्छ ।-एजेन्सी