हामी मध्य कोही पनि अत्तर देखी अपरिचित छैनौँ । धेरै मानिशहरु कतै बिशेस कार्यक्रम वा आफ्नो कार्यलय जाँदा शरिरमा अत्तर छर्केर जाने गर्छन । तर सावधान रहनु होस । विभिन्न अनुसन्धान बाट बजारमा पाइने कृतिम रुपमा तयार पारिएको अत्तर स्वास्थ्यको लागी हानिकारक देखिएको छ ।
अत्तरमा पाइने करिव ९५ % रसायन पेट्रोलियमबाट बनाइएको हुन्छ्, जसमा शरिरको लागी हानिकारक रसायन जस्तै बेन्जिन (benzene) (क्यान्सर गराउने पदार्थ ),टउलिन (toulene) , अल्डिहाइड (aldehyde)लगायत अन्य धेरै रसायनहरु पाइन्छ जसले केन्द्रिय मस्तिस्क प्र णालीरमा असर पुर्याउनुको साथै छालाको एलर्जी समेत हुन्छ । यहाँहरुले अत्तर को बट्टामा बाहिर लेभल हेर्नु भयो भने त्यहाँ समिश्रणमा फ्रेगरेन्सको मात्रा पनि रहेको देख्न सक्नु हुन्छ । अधिकांस फ्रेगरेन्स (fragrance) प्रकृतिक हुँदैनन र त्यहाँ हजारौ कृतिम हानिकारक रसायन हुन्छ । ति मध्य केहि हानी कारक रसायन र तीनको असर तल प्रस्तुत गरिएको छ ।
१ एसिटिअल्डिहाइड : यसले क्यान्सर हुनुको साथै मृगौला , स्नायु र श्वासप्रस्वास प्रणालीमा असर गर्दछ ।
२ बेन्जोफेनोन : यसले इन्डोक्राइन ग्रन्थीको कार्य असन्तुलन गरी कलेजोको क्यान्सर गराउने हुन्छ ।
३ हाइड्रोक्सि एनाइसोल : इन्डोक्राइन ग्रन्थीको कार्य असन्तुलन गर्छ ।
४ हाइड्रोक्सि टउलिन : छाला र आँखामा हानी पुर्याउछ ।
५ बेन्जाइल स्यालिसाइलेट : यसले एलर्जी हुन्छ ।
६ बेन्जाइल बेन्जोयट : यसले तालु र योन अङ पोल्ने र एलर्जी समेत गर्दछ ।
७ ब्युटोक्सी इथानोल : छाला , आँखा , नाक र घाँटीमा असर पुर्याउछ र निलेमा रगत , मृगौला , फोक्सो , कलेजोमा दिर्घ कालिन असर पुग्ने हुन्छ ।
८ ब्युटाइल फिनाइल मिथाइल प्रोपियोनल : यसले छालामा असर पुग्नुको साथै छालाको चेतना शक्ती घटेर जान्छ ।
९ क्लोरोमिथेन : स्नायु प्रणालिमा हानी पुर्याउनुको साथै कजेजो ,मृगौला र छालामा दिर्घ कालिन असर पुग्छ ।
१० डाइक्लोरो मिथेन : स्तनको ग्रन्थीमा क्यान्सर हुन सक्छ ।
११ डाइ इथाइल प्याथालेट : यसले हर्मोनको सन्तुलन गर्नुको साथै स्नायु प्रणाली बिगार्छ ।साथै छाला , आँखा र रेस्पिरेट्री ट्र्याकमा एलर्जी हुन्छ ।
१२ फर्मल्डिहाइड : यसले विशेस गरी विविन्न अङमा क्यान्सर गराउने हुन्छ ।
१३ अक्सिबेन्जोन : रगत , मृगौला र कलेजोको कोष नस्ट गर्छ ।
१४ प्रोपाइल पाराबिन : स्तन क्यान्सर हुन सक्छ ।
१५ रिसोर्सिनोल : कलेजो , मृगौला र स्प्लिनको कर्यमा असन्तुलन पैदा गर्दछ ।
१६ स्टाइरिन : रातो रक्त कोष , कलेजो र केन्द्रीय स्नायु प्रणालीमा गम्भिर असर पुर्याउन सक्छ ।
१७ कृतिम मस्क : यस अन्तर्गत टोनलिड ,ज्ञालोक्सो लिड , मस्क किटोन र मस्क जाइलिन पर्दछ्न । यिनले प्रजनन प्रणाली मा हानी पुर्याउनुको साथै हर्मोनको गड्बडि हुने हुन्छ ।
१८ टिटनियम डाइअक्साइड : फोक्सो र स्वास प्रस्वास प्रणालीमा असर पार्दछ ।
१९ डायोक्जेन : यसलाई क्यान्सर गराउने कारक तत्वको रुपमा लिइन्छ ।
विशेस गरी दमको रोगीहरु र बक्चालाई स्तन पान गराउदै गरेको महिलाहरुले त अत्तर प्रयोग गर्नुनै हुँदैन । यदी प्रयोग गर्नै परे दैनिक नभै कहिलेकाही मात्र छालामा पनर्ने गरी कपडामा छर्कनु पर्दछ । बजारमा शरिरलाई हानी नगर्ने केहि प्राकृतिक अत्तर कही कतै बढो मुस्किलले पाइन सकिन्छ । यस्तो अत्तर पाइएमा भने प्रयोग गर्दा हुन्छ ।