८ पुस २०८१, सोमबार

रक्सीमा हुन्छ यस्तो गुण जसले वंशाणुगत गुणसमेत परिवर्तन गर्न सक्छ


alcohol addiction – drunk businessman holding a glass of whiskey on the table

साधारणतः हाम्रा भोजहरुमा एक अतिरिक्त पेयको रुपमा रक्सी या भनौं मादक पदार्थको प्रयोग गरिन्छ । कतिले आज एक दिन त हो नी भनेर पिउन शुरु गर्छन् । र यस्तो कालान्तरसम्म पुग्छ । तर स्वयम रक्सी पिउनेहरुलाई पनि कति कुरा थाहा हुँदैन । रक्सीका कतिपय गुणहरु यस्ता हुन्छन् जुन् झट्ट सुन्दैमा विस्वास पनि लाग्दैन । अमरिकी खोज कर्ताहरुले रक्सीकै बारेमा अध्ययन एवम् खोज गर्ने क्रममा विभिन्न गुणहरु पत्ता लगाएका छन् । शुरुमा उनीहरुले रक्सीको लत कसरी लाग्छ भन्ने विषयमा खोजी गरेका थिए । रक्सी पिउने बानी किन बस्छ वा पिउँ पिउँ किन हुन्छ भन्ने विषयमा वैज्ञानिकहरुले अध्ययन गरे । खोजका क्रममा यस्तो पाइयो की रक्सीमा मानिसको वंशाणुगत गुणसमेत परिवर्तन गर्न सक्ने गुण पनि हुन्छ । अनुसन्धानमा संलग्न वैज्ञानिकहरु भन्छन् की रक्सीले मानिसहरुको जीन नै परिवर्तन गर्ने क्षमता राख्दछ । यसका कारण नै मानिसलाई रक्सीको लत बस्छ वा पिउँ पिउँ बनाइदिन्छ । अमेरिकाको रटगर्स विश्वविद्यालयको अनुसन्धानले रक्सी पिउने लत किन बस्छ भन्ने कुराको जवाफ दिने त्यहाँका वैज्ञानिकहरूले बताएका छन् ।

उक्त अध्ययनमा असाध्यै रक्सी पिउने र उत्सवमा पिउने गरी दुई क्याटगरीमा विभाजन गरिएको थियो । महिला र पुरुषको फरक फरक गरी अध्ययन गरिएको थियो ।असाध्यै रक्सी पिउने भन्नाले आठ गिलासभन्दा बढी पिउने महिला वा १५ गिलासभन्दा बढी पिउने पुरुष भनेर व्याख्या गरिएको छ । यस्तै उत्सवमा पिउने भन्नाले एक महिनामा एउटा उत्सवमा चार गिलास पिउने महिला वा पाँच गिलास पिउने पुरुष भनेर वर्गीकरण गरिएको छ । अल्कोहोलिज्मः क्लिनिकल एण्ड एक्पेरिमेन्टर रिसर्च नामको जर्नलमा यो अध्ययन प्रतिवेदन प्रकाशन गरिएको छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !