गर्भावस्थाका मुख्य लक्षणहरु
- थकाइ लाग्ने वा जिउ गल्ने
- शरीरमा ज्वरो आएजस्तो लाग्ने
- कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने
- बारम्बार पिसाव लाग्ने
- स्तन गानिएर आउने, ठूलो हुने
- ढाड (तल्लो भाग) दुख्ने
- गर्भ रहेपछि हल्का रक्तश्राव हुने
- टाउको दुख्ने
- दिक्क लाग्ने वा तनाव हुने
- बिहान उठ्ने बित्तिकै बिरामी हुने
गर्भावस्थाका शारीरिक परिवर्तनहरु
पहिलो १२ हप्त
- खाना अमन हुने,
- वाकवाकी लाग्ने
- स्तन दुख्ने तथा भारी हुने
१३– २८ हप्ता
- वाकवाकी लाग्न हराउने
- छालाको रङ परिवर्तन हुने
- मुखमा चायाँ, पोतो आउने
- पेट बढेको देखिने
- पेटमा बच्चा चलेको थाहा पाउन सुरु हुने
- पहिलो पटक गर्भवती भएमा महिलाले १८ हप्तामा र पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशु चलेको चाल पाउन थाल्छन् ।
२८ देखि ४० हप्ता
- पाठेघरको आकार बढ्दै जानाले पेट अझ बढ्दै जाने
- बढ्दै गरेको पाठेघरले पिसावको शैली थिच्ने हुनाले पटकपटक पिसाव लाग्ने
- ढाड दुख्ने
- आठौं महिनामा घरिघरि पाठेघर खुम्चिने र पेट दुख्ने
- नवौं महिनामा बढेको पाठेघरले पेटमा, मुटुमा र फोक्सोमा दवाव दिने कारणले सास फेर्न गाह्रो हुने र थोरै खाना खादाँ पनि पेट भरिएर अप्ठ्यारो हुने
गर्भावस्थाका असाधारण लक्षणहरु
- ज्वरो आउने
- योनीबाट अकस्मात् रगत वा तरल पदार्थ बग्ने
- पिसाव पोल्ने, पिसाव फेर्न गाह्रो हुने
- पखाला लाग्ने, निरन्तर वान्ता हुने
- पोट दुख्ने
- टाउको दुख्ने, आँखा धमिलो हुने, रक्तचाप १३०/९० भन्दा माथि हुने
- अत्याधिक तौल बढ्ने अथवा तौल बढ्दै नबढ्ने, खुट्टा अत्याधिक सुन्निने
- तैताला,हत्केला र शरीर चिलाउने
प्रसुतिपूर्व अपनाउनुपर्ने कुराहरु
- सफा रहने र सधै नुहाउने
- पौष्टिक खाना खाने
- हलुका, खुकुलो र आरामदायी कपडा लगाउने
- ठूलो हिल भएको जुत्ताचप्पल नलगाउने
- तनावयुक्त काम नगर्ने
- आराम गर्ने
- चिल्लो, पिरो,अमिलो आदि नखाने
- ९ महिना लागेपछि दिनको १० घण्टासम्म आराम गर्ने
- राति ८ घण्टा सुत्ने तथा दिनमा २ घण्टा बायाँ कोल्टे परेर पल्टिने
- कब्जियत कम गर्न धेरै मात्रामा पानी पिउने, हरियो सागसब्जी खाने र दुध पिउने
- जाँड, रक्सी तथा चुरोट नपिउने
- विशेषगरी पहिलो तीन महिना र अन्तिमको डेढ महिनामा सकेसम्म लामो यात्रा नगर्ने
- मोटरसाइकल/स्कुटर नचलाउने
- शारीरिक सम्र्पक नराख्ने
- चिकित्सकको सल्लाहविना जथाभावी औषधिहरु नखाने/ प्रयोग नगर्ने
- टिटानस सुई लगाउन
गर्भावस्थामा प्रोटिन,आइरन, क्याल्सियमयुक्त खाना बढी खानुपर्छ । सख्खरखण्ड, हरियो ताजा सागपात,भटमास,गेडागुडी, जागर, ब्रोकाउली,काउली तरकारी खानुपर्छ । (स्वास्थ्य खबरपत्रिकावाट)