९ असार २०८१, आइतबार

अस्पताल पुनः सञ्चालन


अस्पताल

३ माघ, सप्तरी । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि तनावग्रस्त बनेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजको स्वास्थ्य सेवा बुधबार साँझदेखि पुनः सञ्चालनमा आएको छ ।

अस्पताल प्रशासन, प्रदर्शनकारी र मृतकका परिवारबीच त्रिपक्षीय सहमतिपछि अस्पतालको सेवा पुनः सञ्चालनमा आएको अस्पतालका निमित्त प्रमुख डा रञ्जित झाले जानकारी दिनुभयो । उपचारका क्रममा बुधबार छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका ५० वर्षीय सहदेव सदाको मृत्यु भएको थियो । उक्त घटनाको छानबिन गर्न तीनै पक्ष सहमत भएका छन् ।

सदाको शव परीक्षणका लागि धरान लैजाने तथा दोषीलाई कारवाही गर्ने सहमति भएको छलफलमा सहभागी राजविराज– ५ का वडाध्यक्ष समिर झाले जानकारी दिनुभयो । हातखुट्टा दुखेर अस्पताल भर्ना भएका सदाको चिकित्सकको लापरवाहीले मृत्यु भएको उनकी बुहारी सरितादेवीको आरोप छ । सम्भव भएसम्मको सबै उपचार गर्दागर्दै सदाको मृत्यु भएको डा. झाको भनाइ छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !