७ जेष्ठ २०८१, सोमबार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा त्रमिक सुधार


केपी शर्मा ओली

११ कात्तिक. काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ हुनुभएका कारण चिकित्सकको सल्लाहबमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आराम गरिरहनुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले आज जारी गरेको प्रेस नोटअनुसार हाल ज्वरो नियन्त्रणमा आई प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

शुक्रबार स्थगित मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा पूर्ण सुधार आएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने प्रेस नोटमा उल्लेख गरिएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !