८ पुस २०८१, सोमबार

ध्वनिबाट थाइराइड हर्मोनको उपचार


thyroid

थाइराइड हर्मोनका कारण धेरै मानिस पीडित छन् । एकातिर पानी मात्र खाँदा पनि मोटाउने जटिल समस्या छ भने अर्कोतिर जति खाए पनि मोटाउन नसक्ने समस्या छ । पुड्को, दुब्लो, अग्लो साथै मानसिक समस्या या नकारात्मक समस्याले हर्मोन्सको मात्र होइन शरीरका सबैजसो प्रणालीलाई कमजोर बनाइदिन्छ ।

योगमा हर्मोन्सको उत्पादन, सञ्चालक तथा व्यवस्थापकका रुपमा ‘विशुद्ध चक्र’लाई मानिन्छ । थाइराइड, पाराथाइराइड ग्रन्थी, कण्ठ  यही चक्रअन्तर्गत पर्छ । यो चक्रलाई आकाश तत्व भनिन्छ, जो सर्वव्यापक हुन्छ । यो ग्रन्थीलाई नलीविहीन ग्रन्थी भनिन्छ । कण्ठमा उत्पादित हर्मोन्स बिनानली समग्र शरीरमा व्याप्त भई फैलिएको हुन्छ, आकाश जस्तै ।

धेरै कारणले यो चक्र तथा हर्मोन्स कमजोर तथा रुग्ण हुन्छन् । विषाक्त खानपान, जंकफुड र श्रमरहित या व्यायामको अभाव, मानसिक तनाव, अति चञ्चलता, काम, क्रोध, लोभ, मोह, मद, अंहकारजस्ता नकारात्मक मानसिक विकृतिलाई प्रमुख कारण मानिन्छ ।

यसको समाधान योग विधिमा प्राणायाम, आसन, ध्यान, मन्त्र अर्थात् चक्रको ध्वनि (नाद) तथा रङको ध्यानजस्ता धेरै प्रक्रियाबाट गरिन्छ । त्यसमध्ये चक्रको सरल प्रक्रिया मन्त्र ध्वनिद्वारा समस्या समाधान गर्ने उपाय यहाँ दिइएको छ ।

 विधि

विशुद्घ चक्र अर्थात् आकाश तŒवमा सोह्र दल कमलका प्रत्येक पातमा मात्रिका अक्षर अं, आं, इं, ईं, उं, ऊं, ऋं, ऋृं, लृं, लृं, ऐं,एैं, ओं, औं, अं, अः हुन्छ । यसको मध्यमा बीज मन्त्र हुन्छ । यही बीज मन्त्र ‘हं’लाई लामो नादयुक्त ध्वनि बनाउने र मनमनैले मात्रिका अक्षर ‘अं’ देखि ‘अः’ सम्म जपिरहने । यो आकाश तŒव भएको हुनाले शून्यको ध्यान गर्ने । साथै, यसका सबै मन्त्रलाई प्रस्ट र शुद्घ उच्चारण मात्रै पनि गर्न सकिन्छ । प्रत्येक मन्त्रको छुट्टै आकार, आकृति, फरक ध्वनि अनि दबाब र प्रभाव तथा कम्पन हुन्छ । विशेष परिस्थितिमा कम्तिमा पा“च मिनेट यसको अभ्यास गर्दा उत्तम हुन्छ ।

 लाभ

यो मन्त्रको अभ्यासले भोकलकर्ड, टन्सिल, थाइराइड, पाराथाइराइड, स्वरनली, अन्ननली, रक्तनली, श्वासनलीलाई सक्रिय बनाइदिन्छ । साथै, मस्तिष्क र शरीरलाई जोड्ने ‘नभ्र्स सिस्टम’को नाडी तथा नसालाई मन्त्रको ध्वनिले राम्रोस“ग कम्पन गराई विभिन्न कारणले निस्क्रिय भएका नाडी नसालाई सक्रिय गराइदिन्छ । फलस्वरुप हर्मोन्सको सन्तुलन, व्यवस्थापन, उत्पादन तथा विकास भई क्रियाशील हुन्छ ।

हर्मोन्सले विवेकपूर्वक सारा प्रणालीलाई सञ्चालन गरिरहेको हुन्छ । यसको गडबडीले छाती ठूलो हुनुपर्नेमा सानो हुने, पेट सानो हुनुपर्नेमा ठुलो  हुनेजस्ता समस्या आउन सक्छ । त्यस्तै, सबै प्रकारका रस रसायन धातुहरु अर्थात् भिटामिन, प्रोटिन, क्षारहरु कुन अंगलाई के चाहिन्छ, हर्मोन्सले नै व्यवस्थापन गर्छ । रगतलाई आइरन, हड्डीलाई क्याल्सियम तŒवहरुको सम्पूर्ण व्यवस्थापन यही हर्मोन्सले गरेको हुन्छ । त्यसैले हर्मोन्सलाई राम्रोस“ग निर्माण र विकास गर्न सक्यौं भने यसबाट धेरै लाभ पाइन्छ ।

 

यो पनि पढ्नुहोस् :

यसरी बढाउन सकिन्छ स्मरण शक्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !