९ पुस २०८१, मंगलबार

शरीरका भित्री रोगबाट मुक्त हुने उपायहरु


healthy

थोरै मानिसले मात्र शरीरको भित्रको स्वास्थ्यको बारेमा जानकारी राख्छन् । आन्तरिक रुपमा शरीरलाई स्वस्थ्य राख्ने मुख्य तरिका शरीरको आन्तरिक विकार र विषादीलाई निर्मूल पार्नु हो । तर यो कसरी सम्भव छ त ? शरीर भित्रको आन्तरिक समस्याका कारण छालाको समस्या, पाचन प्रणालीमा गडबढी, कपाल झर्ने, संक्रमण लगायतका समस्या हुन्छन् ।

आन्तरिक विकारलाई फालेर लिभर, आन्द्रा, छाला, किड्नी,फोक्सो इत्यादि अङ्गलाई रोगमुक्त बनाउन सकिन्छ । शरीरको भित्रि भागलाई स्वच्छ बनाउनको लागि पोषणयुक्त खाना र पेय पर्दाथ आवश्यक पर्छ ।

शरीरको विकार फालेर शरीरलाई आन्तरिक रुपमा नै रोगमुक्त गराउने केही जुस यस प्रकार छनः स्याउ, गाजर, धनियाँ र चुकंदरको जुसले शरीरका विकारलाई फालेर आन्तरिक रुपमा स्वस्थ्य बनाउँछ । यो जुसलाई मिसाएर वा वेग्ला बेग्लै पिएर स्वाथ्यमा लाभ लिनु सक्नुहुन्छ ।

  • स्याउ

स्याउमा स्पेक्टिन नामक तत्व हुन्छ जसले आन्द्राभित्रैदेखि उत्तेजित विषलाई हटाएर सफा शरीरलाई आन्तरिक रुपमा सफा गर्छ । यो जुसले पेटभित्रको विकार हटाउन निकै महत्वपूर्ण भूमिका खेल्छ । त्यसो त स्याउले शरीरलाई समग्र रुपमा स्वस्थ्य बनाउँछ ।

  • धनियाँ

शरीरलाई आन्तरिक रुपमा स्वस्थ्य बनाउन धनियाँको जुसको विशेष महत्व हुन्छ । यसमा भएको विषादी हटाउने गुणका कारण किड्नीका बिमारीलाई उत्तम मानिन्छ । यसमा हुने एन्टिअक्सिडियन्ट, भिटामिन सी र खनिजले किडनीको कार्यलाई सहज बनाउँछ ।

  • गाजरको जुस

गाजरमा क्षरयुक्त शक्ति हुन्छ, जसले शरीरभित्रको हानीकारक विकारलाई हटाएर शरीरलाई पूर्ण रुपमा स्वस्थ्य बनाउँछ र आन्तरिक अङ्गको कार्यलाई प्रभावकारी बनाउँछ । भिटामिनयुक्त बेटा क्यारोटिन र अल्फा क्यारोटिनले शरीरमा सम्भावित रोगबाट बचाउँछ । शरीरलाई स्वस्थ्य बनाउनुको अतिरिक्त गाजरमा हुने भिटामिन सी, भिटामिन के र भिटामिन बीले कोषलाई आवश्यक पोषण प्रदान गर्छ ।

  • चुकन्दरको जुस

चुकन्दरमा हुने बेटानिन नाम गरेको तत्वले शरीर भित्रको विकार फाल्ने पक्रियालाई सहज बनाउँछ । त्यस्तै यसमा पाईने अर्को तत्व बिटानीले पित्त प्रबाहलाई प्रभावकारी बनाई पाचन प्रणालीमा सुधार ल्याउछ । यसले शरीरभित्र अनावश्यक र खतरनाक विषलाई प्रवेश हुनबाट जोगाउँछ ।एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !