स्मरण शक्ति भनेको कुनै पनि पहिले गरेको काम वा बिषयको सम्झना गर्ने क्षमता हो । स्मरण शक्ति एकै पटक बढाउन सकिन्न । यसकालागि निरन्तर मिहिनेत एवं परिश्रम गरिराख्नु पर्छ । काम गर्ने शैली परिवर्तन गर्नुपर्छ एवं कुनै पनि काम भित्री मनबाट नै इख लिएर गर्नुपर्छ ।
मस्तिष्कको हिप्पोक्याम्पस (hippo-campus) भागले स्मरण बढाउन वा सूचना सञ्चित गर्न सहयोग गर्छ । प्रोटिनबाट बन्ने डिएनए (DNA) एवं आरएनए (RNA)ले सम्झना बढाउन सहयोग गर्छन् । ‘अल्जिमर’ रोगमा सम्झना शक्तिको प्रचुर ह्रास भएको हुन्छ । यस्तो हुनुको कारण यसमा कोलिनर्जिक न्यूरोनको ह्रास हुनु हो । बुढेसकालमा पहिलेका कुराहरु सम्झना हुन्छन् । तर तत्कालिन नयाँ कुरा चाहिँ चाँडै नै भुलिन्छ, यसलाई ‘रेट्रोग्रेड याम्नेसिया’ भनिन्छ ।
स्मरण शक्तिमा कमी हुदाँ आपत पर्न सक्छ, परिक्षामा असफल हुने डर हुन्छ । स्मरणशक्ति बढाउने केही तरिकाहरु यस्ता छन् :
- स्मरणशक्ति बढाउन निकै छिटो मनमनै पढ्नुपर्छ । छिटो पढ्नु एवं पुरै वाक्य नपढी महत्वपूर्ण शब्द छान्दै पढ्नु निकै महत्वपूर्ण कुरा हो । छिटो पढ्ने व्यक्ति छरिता र चलाख हुन्छन् ।
- पढ्दा कुनै पनि पढिसकेका कुरालाई जीवनमा घटेका रमाइला, निराशा वा मनछुने घटनासँग दाँज्दै, सम्बन्ध गाँस्दै पढ्नुपर्छ ।
- सम्झना दह्रो पार्न बारम्बार पढेका कुराहरु दोहोर्याउनुपर्छ ।
- दैनिक कसरत गरी स्वस्थ रहनु एवं सन्तुलित भोजन– विशेषतः प्रोटिन, भिटामिन आदि खानुले पनि स्मरणशक्ति बढाउन भिटामिन ‘सी’ पनि यसको लागि लाभदायक हुने विज्ञहरु बताउँछन् ।
- चित्र वा शब्दचित्र बनाएर पढ्नु निकै उत्तम मानिन्छ । किताबमा वा नोटमा पनि धेरै र कम महत्वपूर्ण कुरालाई चिन्ह लगाएर पढ्नुपर्छ । पढेका कुरालाई किताबै नहेरी चित्र बनाउँदै नोट तयार गर्नु राम्रो हो ।
- आफूलाई काम नलाग्ने कुराहरुबाट पर राखेर पढाइका टिपोटहरु पटकपटक दोहोर्याइरहनु पर्छ ।
- आफूमा सदा ‘मैले स्मरण गर्न सक्छु’ भन्ने आत्मविश्वास राखिराख्नुपर्छ ।
- कल्पना गरेर सोच्ने शक्तिमा विकास गर्नुपर्छ ।
- आफै सूत्र बनाई पढ्नुपर्छ । रङ, चित्र एवं इन्द्रीय शक्ति, संख्या दैनिक कुरासँग कुनै कुरा जोड्दा कतिपयमा लाभदायक पनि हुनसक्छ ।