८ बैशाख २०८१, शनिबार

हिँड्दा आखिर किन हल्लिन्छ त हाम्रो हात ?


Walking

हामी दैनिक यात्रा गरिरहेका हुन्छौं । यात्राको क्रममा हिंड्दा विचार गर्नु भएको छ या छैन ? छैन भने हिँडिरहेको मानिसलाई हेर्नुहोस्, दायाँ खुट्टा अगाडि बढ्दा बायाँ हात अगाडि जान्छ र बायाँ खुट्टा अगाडि बढ्दा दायाँ हात अगाडि जान्छ ।

यो कुरा हामी आफ्नै हिँडाइमा पनि याद गरिरहेका हुन्छौँ । र, बालबालिकाहरूलाई विद्यालयहरूमा ‘लेफ्ट–राइट’ भनेर यसरी हिँड्न नै पनि सिकाइन्छ । हिँड्दा आखिर किन हल्लिन्छ त हाम्रो हात ?

सतही रुपमा हेर्दा हिँड्दा हात हल्लाउनु अनावश्यक जस्तै लाग्न सक्छ । साथै हात हल्लिँदा अनावश्यक रुपमा केही मात्रामा ऊर्जा खर्च भएको जस्तो लाग्न सक्छ । तर, यसले हाम्रो हिँडाइमा ठूलो असर पार्छ र ऊर्जा खर्च हुनुको साटो झन् बचत हुन्छ । कसरी त ?

हामी हिँड्दा जुन खुट्टा अगाडि सार्छौं, हाम्रो शरीर त्यही दिशामा घुम्न खोज्छ । उदाहरणको लागि यदि बायाँ खुट्टा अगाडि सारेका छौँ भने शरीर बायाँबाट दायाँतिर घुम्न खोज्छ ।

तर, दायाँ हात अगाडि बढाउँदा बायाँ खुट्टा अगाडि बढाउनाको कारण शरीरमा उत्पन्न हुने प्रभावको उल्टो प्रभाव पर्न जान्छ, जसको कारण शरीर सन्तुलित हुन्छ र हिँड्नमा सजिलो हुन्छ ।

हात अगाडि नबढाउँदा भने शरीरलाई सन्तुलित पार्ने काम खुट्टाले मात्रै गर्नुपर्ने हुँदा खुट्टाले बढी बल लगाउनुपर्ने हुन्छ, जसको कारण बढी ऊर्जा खर्च हुन्छ ।

वैज्ञानिकहरूको अनुसन्धानका आधारमा हात नहल्लाई हिँडेमा १२ प्रतिशत बढी ऊर्जा खर्च हुन्छ । यति नै ऊर्जा खर्च गरेर सामान्य रुपमा हिँड्ने हो भने हिँडाइको गति २० प्रतिशतले बढ्छ ।

यो पनि पढ्नुहोस् :

थकानवाट राहत पाउन यसरी प्रयोग गर्नुहोस् फिटकिरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !