७ आश्विन २०८१, सोमबार

मिर्गाैला पीडितलाई प्रवासीको सहयोग


moneyy

१७ असोज, म्याग्दी । मङ्गला गाउँपालिका–५ नेटाका मिर्गाैला पीडित सुरेश छन्त्यालको उपचारका लागि प्रवासमा रहेका नेपालीले रु तीन लाख ४४ हजार सहयोग गरेका छन् ।

दुवै मिर्गाैलाले काम गर्न छाडेपछि थलिएका १९ वर्षीय छन्त्यालको उपचारका लागि ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको ‘सुरेश बचाउ अभियान’अन्तर्गत सो रकम सङ्कलन गरिएको हो । विभिन्न देशबाट सङ्कलन गरेर पठाइएको रकम कोषका अध्यक्ष राजेश शाक्य र सुरेशका आमा सीतालाई हस्तान्तरण गरिएको अभियानका समन्वयकर्ता लालकुमार रोकाले बताउनुभयो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) आयरल्याण्डका कोषाध्यक्ष जङ्ग अधिकारी र सदस्य बल क्षेत्रीको पहलमा रु एक लाख ५६ हजार, हाल मलेसियामा रहेका मङ्गला–४ झाँक्रेपानीका टङ्क छन्त्यालको पहलमा रु ८४ हजार तथा टर्कीमा रहेका मङ्गला–५ सिरकुमका कमल बुढाथोकीको पहलमा रु २९ हजार सहयोग जुटेको हो । सुरेशको मिर्गाैला प्रत्यारोपणका लागि कोषले २०७५ भदौ ५ गतेदेखि शुरु गरेको अभियानमार्फत हालसम्म रु २० लाख सङ्कलन भएको छ । उहाँको काठमाडौँस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !