७ जेष्ठ २०८१, सोमबार

स्वाइन फ्लु र यसका लक्षणहरु


स्वाइन फ्लु

स्वाइन फ्लुको अर्को नाम मेक्सिकन फ्लु, स्पानिस फ्लु वा स्वाइन इन्फ्लुएन्जा पनि हो । स्वाइन फ्लु भनेको टाइप ए इन्फ्लुएन्जा भाइरसबाट सुँगुरको श्वास-प्रश्वास प्रणालीमा लाग्ने रोग हो । यसले सुँगुरमा इन्फ्लुएन्जा संक्रमण गराउँछ । स्वाइन फ्लु भाइरसले सुँगुरहरूमा मृत्युभन्दा रोगका लक्षण बढी देखिन्छन् । समयमा उपचार नगरे रोगीको मृत्यु समेत हुने गर्दछ । स्वाइन फ्लु एच १ एन १ भाइरसका कारण लाग्छ भन्ने कुरा सन् २००९ मा पहिलो पटक अमेरिकामा पत्ता लागेको थियो ।

स्वाइन इन्फ्लुएन्जा भाइरस सुँगुरहरूमा वर्षैभरी सर्नसक्ने भएपनि यो क्रम जाडोमा बढी देखिन्छ, मान्छेमा पनि त्यसै किसिमको प्रभाव पाइन्छ । स्वाइन फ्लु भाइरस -ए एच १ एन १ नामक इन्फ्लुएन्जा भाइरस सर्वप्रथम १९३० मा सुँगुरमा पत्ता लागेको हो । केही समयमै यो विश्वका धेरै देशमा फैलियो र विश्व स्वास्थ्य संगठनले यसलाई गम्भीर महामारी घोषणा गर्यो । सन् २००९ र २०१० मा मात्र उक्त भाइरसको संक्रमणका कारण १० हजार मानिसको मृत्यु भएको थियो । बीचमा फाट्टफुट्ट मात्र देखिएको यो रोगले अहिले फेरि संक्रमणको रूप लिएको छ ।

स्वाइन फ्लुका बारेमा जान्नुभन्दा पहिला, फ्लु भनेको के हो भन्ने कुरा जान्नु आवश्यक छ । फ्लुलाई इन्फ्लुएन्जा पनि भनिन्छ । इन्फ्लुएन्जा एक किसिमको भाइरल रोग हो । यो रोग गराउने भाइरसलाई इन्फ्लुएन्जा भाइरस भनिन्छ । इन्फ्लुएन्जा भाइरस तीन प्रकारका हुन्छन् । ती हुन् : १. इन्फ्लुएन्जा भाइरस ए २. इन्फ्लुएनजा भाइरस बी र ३. इन्फ्लुएन्जा भाइरस सी । तीन प्रकारका इन्फ्लुएन्जा भाइरस एक-आपसमा भिन्न छन् ।

स्वाइन फ्लु एउटा संक्रामक रोग हो जसले श्वास-प्रश्वासमा कार्यरत प्रणाली र त्यससँग सम्वन्धीत विभिन्न अंगलाई असर गर्ने गर्छ । यसले हाम्रो शरीरको पाचन प्रणाली र प्रतिरोधात्मक क्षमतालाई पनि असर पार्छ । स्वाइन इन्फ्लुएन्जा भाइरस सुँगुरहरूमा वर्षैभरि सर्नसक्ने भए पनि यो क्रम जाडोमा बढी देखिन्छ, मान्छेमा पनि त्यसै किसिमको प्रभाव पाइन्छ । इन्फ्लुएनजा भाइरस बी को संक्रमण मानिसहरुमा प्राय देखिने गर्छ । यसले क्षेत्रीय स्तरमा रोगको प्रकोप ल्याए पनि बिश्वब्यापी रुपमा महामारी फैलाउन भने सक्दैन । इन्फ्लुएन्जा भाइरस सीले साधारण रोग-लक्षण गराउँछ र केही व्यक्तिमा यो लक्षणरहित हुनेगर्छ । माथि उल्लेख गरिएका ती भाइरसमध्ये सबैभन्दा महत्वपूर्ण भाइरस: इन्फ्लुएन्जा भाइरस ए हो ।

स्वाइन फ्लु भाइरस

स्वाइन फ्लु एच १ एन १ भाइरसका कारण हुन्छ । यो नयाँ प्रकारको इन्फ्लुएन्जा भाइरसका कारण हुने एक प्रकारको संक्रमण हो, जसले उपल्लो र तल्लो श्वासप्रश्वास प्रणालीलाई आक्रमण गर्छ । यसलाई टाइप ए इन्फ्लुएन्जा पनि भनिन्छ, जसका कारण गम्भीर प्रकारको संक्रमण देखिन्छ । स्वाइन फ्लु इन्फ्लुएनजा भाइरस ए का विभिन्न उप-प्रकारहरुले गराउने गर्छ । इन्फ्लुएनजा भाइरस ए को विभिन्न उप-प्रकारहरु छन् । इन्फ्लुएनजा भाइरस ए को बाहिरी भागमा मुख्य २ किसिमका प्रोटिन हुन्छन् : हेमएग्लुटिनिन: पहिको अंग्रेजी अक्षर ” एच” र निउरामिनिडेज : पहिको अंग्रेजी अक्षर ” एन” । बाहिर भएको प्रोटिनकै आधारमा यसका बिभिन उप-प्रकारलाई बैज्ञानिक नामाकरण गरिन्छ, जस्तै : एच ५ एन १, एच १ एन १, एच १ एन २, एच ३ एन २, एच ३ एन १ आदि । स्वाइन फ्लु गराउने इन्फ्लुएनजा भाइरस एका केही उप-प्रकारहरु यस प्रकार छन् : एच १ एन १, एच १ एन २ र एच ३ एन २ ।

स्वाइन फ्लुका लक्षणहरु यस प्रकार छन्   ।

ज्वरो आउनु
रुघा लाग्ने
घाँटी दुख्ने
खोकी लाग्नु
टाउको दुख्नु
मांसपेशी दुख्नु
जीउ दुख्ने
वान्ता हुनु
पखाला चल्नु
वाकवाक लाग्नु
खोकी वा हाच्छिउँ आउने
थकान महसुस हुनु
पखाला चल्ने वा वान्ता हुने
नाकबाट सिँगान निरन्तर बग्नु
खान मन नलाग्नु आदि ।

यो पनि पढ्नुहोस् 

पाइल्सको उपचारका लागि यस्तो छ घरेलु उपाय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !