२० पुस २०८१, शनिबार

यस्ता छन् केराको फूलका फाइदा  


banana_flower

हामीले केराको फाइदा पढेका छौँ र नियमित खाने पनि गरेका छौँ तर धेरैलाई थाहा नहुन सक्छ केराको फूल झन उपयोगी छ ।  केराको फूल खाँदा तपाईको धेरै रोग हटाउन सकिन्छ । जस्तै मधुमेह, डिप्रेसन एनिमियाबाट बचाउन यसले मद्दत गर्छ । त्यसलै केराको फुललाई दैनिक खानामा कुनै न कुनै रुपमा प्रयोग गर्नुहोस । केराको फूलबाट यस्ता फाइदा लिन सकिन्छ :

मधुमेय रोगीको लागि फाइदा : एउटा अध्ययन अनुसार डायबिटिज लागेका मानिसको इन्सुलिन तह केराको फूलबाट घटाउन सकिन्छ ।

डिप्रेसन कम गर्छ : यस फुलमा धेरै मात्रामा म्याग्नेसियम पाइन्छ । तसर्थ यसले तपाईको मुड बदली चिन्ताको तह न्यून गर्छ ।

फ्रि रेडिकलसँग लड्न एन्टि अक्सिडियन्ट प्रदान गर्छ : फ्रि रेडिकल हाम्रो स्वस्थ कोषमा बसेर कोषलाई हानी गर्छ जसले गर्दा मुटुको समस्या, क्यान्सर तथा चाडै बुढयौली पन देखिन्छ । यी फूलहरुमा एन्टि अक्सिडियन्ट पाइन्छ जुन फ्रि रेडिकलसँग लड्न सहयोग गर्छ

पेटको रोग निको गर्छ : केराको फुल खानामा हल्का हुन्छ र पेटमा कम लोड पर्छ । यदि पेट फूलेको छ वा पेट दुखेको छ वा एसिडिटि छ भने यी सबै समस्या केराको फुल खाँदा समाधान गर्छ ।

मासिक धर्म नियमित : यो खाँदा मासिक धर्म नियमित हुन्छ । आयुर्बेद अनुसार एक कप केराको फूल पकाएर दहीसँग खानाले शरिरमा प्रोजिस्ट्रान तह बढ्छ र अत्यधिक मात्रामा हुने ब्लिडिङ कम गर्छ ।

एनिमियाबाट बचाउँछ : यसमा धेरै मात्रामा आइरन हुन्छ जसले गर्दा रगतमा हेमोग्लोबिन बढाउने काम गर्छ ।

स्तनपान गराउने आमालाई उपयुक्तः आयुर्बेद अनुसार स्तनपान गराउने आमाले धेरै मात्रामा केराको फूल खाँदा दुध बढाउँछ ।

ब्याक्टेरियाबाट बचाउँछ : यो प्याथोजेनिक व्याक्टेरियाबाट शरिरलाई बचाउँछ ।

यो पनि पढ्नुहोस् :

पोलेको मासु खाने बानी छ ? छ भने आजैदेखि छोड्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !