२२ भदौ, कोलम्बो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले श्रीलङ्कालाई रुबेला मुक्त देश घोषणा गरेको छ ।
मुलुकलाई रुबेलामुक्त घोषणा गराउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरिएको स्वास्थ्य मन्त्रालयका सञ्चार सचिव निपुन एकनायकेले बिहीबार जानकारी दिनुभयो ।
श्रीलङ्कालाई रुबेलामुक्त देश घोषणा गरिएको प्रमाणपत्र डब्लूएचओका क्षेत्रीय निर्देशक पुनम क्षेत्रपाल सिंहले श्रीलङ्काका स्वास्थ्यमन्त्री रजिथा सेनारत्नेलाई हस्तान्तरण गर्नुभएको थियो ।
श्रीलङ्कालाई मलेरिया अर्थात् सितज्वरो मुक्त देशको रूपमा भने यसअघि सन् २०१५ मै घोषणा गरिएको थियो । (रासस/सिन्ह्वा)