खाना खाएपछी डकार प्राय मानिसलाई आउने गर्छ । डकार आएपछि हामी अगाएको भन्ने गर्छौं । तर डकार आउनु भनेको पेट भित्र रहेको ग्याँस बाहिर आउनु हो । कहिले काँही हामीलाई अमिलो डकार आउँछ । यस्तो अवस्थामा भने हामीले यसलाई सामान्य रुपमा लिन हुदैन । हामीलाई अमिलो डकार विभिन्न कारणले गर्दा आउन सक्छ । ग्यास्ट्रिकको समस्या भएका मानिसलाई यस्ता खालका डकार आउने बुजिन्छ । अमिलो डकार आउने बित्तिकै हामीले एक पटक अस्पताल गएर जाँच गराउनु आवश्यक हुन्छ ।
अमिलो डकार आउनुको लक्षण यस प्रकार छन् :
- पेट दुख्ने
- पेट गडगडाउने/कराउने
- पेटको अल्सर
- कब्जियत
- वाकवाकी लाग्ने
- छाती पोल्ने
- अमिलो पानी आउने
अमिलो डकार आउनुको कारणहरु यस्ता छन् :
- अत्याधिक चिन्ता
- अनियमित व्यायाम
- आवश्यकता भन्दा बढी मात्रामा खाना
- छिटो छिटो खाने बानी
- गलत समयको भोजन
- खाना र्खा लगत्तै सुत्ने बानी
- चिल्लो, पिरो खानेकुराको सेवन
- फुड प्वाइजनिङ्ग
- मदिराको सेवन