६ जेष्ठ २०८१, आइतबार

राजमाका फाइदाहरु


rajma-masala
  • खानासँग दालका रूपमा होस या चिउरा, जस्ता सुक्खा खानेकुराका साथमा राजमालाई विभिन्न तरिकाले पकाएर खाइन्छ । गेडागुडी वर्गमा पर्ने राजमा विभिन्न पोषक तत्वले भरिएको खानेकुरा हो ।
  • राजमा प्रोटिनको उच्च स्रोत हो । प्रोटिनको उच्च स्रोत भएकोले केटाकेटी, सुत्केरी र गर्भवती महिलालाई राजमा खुवाउनु फाइदाजनक छ । यससँगै राजमाका अन्य धेरै फाइदा छन्, जसबारे धेरैलाई थाह नहुन सक्छ ।
  • राजमामा पाइने फाइबरले कलेस्टेरोल कम गराएर मुटुरोग हुनबाट बचाउछ । राजमामा पाइने फोलेट र म्याग्नेसियम नामक तत्वले मुटु स्वस्थ राख्न मद्दत गर्छ ।
  • राजमामा आइरनको मात्रा धेरै हुन्छ । त्यसैले रक्तअल्पताका बिरामीलाई राजमाको दाल खुवाउनु प्रभावकारी मानिन्छ । मांशाहारी खानेकुराबाट प्राप्त हुने आइरनभन्दा प्रभावकारी आइरन नभए पनि न्यून चिल्लो पदार्थ हुने भएकाले मुटुरोगी अथवा मोटोपना भएका व्यक्तिका लागि राजमा राम्रो खानेकुरा हुन सक्छ ।
  • राजमा मधुमेह रोगीका लागि पनि उपयुक्त खानेकुरा हुन सक्छ । यसमा भएको घुलनशील फाइबरले हाम्रो रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ ।
  • राजमामा भिटामिन बि , कप्पर, फस्फोरस र पोटासियम जस्ता पोषक तत्व प्रशस्त पाइन्छ । यस्ता खनिज पदार्थको हाम्रो शरीरभित्र छुट्टै महत्व हुन्छ । फस्फोरस बलियो हड्डी र दाँतका लागि आवश्यक छ भने, भिटामिन बि ले हाम्रो मष्तिस्कको विकास र कार्यमा मद्दत पुर्‍याउँछ ।
  • राजमा पनि धेरै प्रयोग गरेमा शरीरलाई नराम्रो असर पर्न सक्छ । नपाकेको राजमामा ‘फाइटोहेमाग्लुटिनिन’ भन्ने विषालु तत्व पाइन्छ, जसले हाम्रो कोषहरुमा हुने कार्यलाई असर गर्छ । यो तत्वलाई हटाएर राजमालाई राम्रोसँग पकाएर खानु जरुरी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !