२९ माघ २०८२, बिहीबार

जण्डिस रोगमा के खाने के नखाने ? यसरी गर्नुहोस् घरेलु उपचार


जण्डिस रोग

नवलपुर । सामान्य अर्थमा जण्डिसलाई लिभरको रोग भन्ने गरिन्छ । आजकाल गलत खानपानका कारण यस्ता रोगहरू देखिने गरेको हुन्छ । कतिपय अवस्थामा घरेलु औषधीले पनि ठिक हुने गरेका हामीले देख्न सकिन्छ ।

आजको लेखमा हामीले यस्ता रोग लाग्दा के खाने के नखाने ? यसको घरेलु उपचारबारे पनि प्रकाश पार्दै जानेछौं । बदलिदो समयले घरेलु उपचारप्रति मान्छेको झुकाव घट्दै गएको पाइएको छ ।

जण्डिस रोग लागेका व्यक्तिलाई देखिने पहिलो लक्षण भनेको आँखा पहेंलो देखिनु प्रमुख हो । यस्ता रोगको लक्षण देखिएमा तुरुन्त उपचार गराइ हाल्नु पर्दछ ।
उपचार हुनुपूर्व यस्ता रोग लागेकाले कस्ता खाना खाने र नखाने जान्न जरूरी छ ।

खाने चीजहरू 

१. मेवा, स्याउ, खरबुजा, हरियो सागपात चुकन्दर गाजर जस्ता तरकारी र फलफूल सेवन गराउनु पर्दछ । दाल (मुङको दाल),भात जस्ता खाना खानुपर्छ ।

नखाने चीजहरू 

१. बासी, बोसो र तारेको खाना जस्तै फ्रेन्च फ्राइज, बर्गर, र पिज्जा प्रसंस्कृत खाद्य पदार्थ जस्तै: प्याकेटमा स्न्याक्स, जंक फूड, मसालेदार र पिरो खाना जस्तै खुर्सानी, अचार मासु र माछा विशेष गरी रातो मासु । कफी र मदिरा जस्तै कफी, चिया र रक्सी अधिक तेल र घ्यू तारिएको र अत्यधिक तेलयुक्त खाना । बेकरी प्रोडक्ट्स केक, पेस्ट्री, र ब्रेड ।

उपचार

१. हिमालय कम्पनीको लिभ ५२ टेब्लेट र सिरप टेब्लेट दिनमा दुईपटक दुई गोली र झोल सिरप दुई चम्चा दिनमा दुईपटक खान दिने । १५ देखि एकमहिना सम्म राम्रो रिजल्ट देखिन थाल्दछ ।

२. घरेलु उपचार मुलाको पात ल्याउने र त्यसलाई थिचेर रस निकालेर एक माना रसमा मोटो चिनी आवश्यक अनुसार राखेर खान दिने गजब फाइदा देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !