
काठमाडौं । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन् । आज मंगलबार मन्त्रीस्तरीय निर्णयबाट प्युठानका थापालाई अध्यक्षमा नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
बोर्डमा २०८१ भदौदेखि अध्यक्ष पद रिक्त थियो । यसअघिका अध्यक्ष डा. गुणराज लोहनीले तीन वर्ष दुई महिना कार्यकाल बाँकी रहँदै गएको भदौ २८ गते राजीनामा दिएका थिए ।
उनलाई मंगलबार नै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । नवनियुक्त अध्यक्ष थापा यसअघि बोर्डको सदस्य रहिसकेका छन् ।