
नवलपुर । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ नवलपुरको वैठक सम्पन्न भएको छ । नेपाल आयुर्वेद औषधि व्यवसायी संघको बैठक हिजो बसी विविध विषयमा छलफल गरेको थियो ।
बर्तमान अवस्थालाई नियालेर हेर्दा हानीरहित उपचार पद्धतिको रूपमा यसलाई लिनुपर्ने भएको छ । नेपालमा आयुर्वेदको विकासमा सवैको सहयोग आवश्यक छ । नेपालका जडिबुटी प्रशोधन गरेर आयुर्वेद औषधि निर्माण गरेर नेपाली जनतालाई दिनसके सस्तो उपचार नेपालमा हुन सक्ने सम्मभावना बढ्दोछ ।
नेपालको बनमा जडिबुटी त्यसै खेर गइरहेका छन् । यस्ता जडिबुटी संकलन गरी औषधि उत्पादनमा सरकारको ध्यानाकर्षण गराउने विषयमा सवैको आवाज वैठकमा उठेको थियो ।
अब आयुर्वेद र वैकल्पिक चिकित्सा पद्धतिलाई अघि बढाउन आवश्यक छ । यो विषयमा सवैको आवाज उठेको र आगामी दिनहरुमा यसको तालिमको आयोजना गर्ने भन्ने कुरा सुन्न पाइएको थियो ।