
नवलपुर । नेपाल औषधि व्यवसायी संघ जिल्ला नवलपुरको आयोजनामा आज मध्यविन्दु नगरपालिका चोरमाराका सवै फार्मेसीमा आन्तरिक अनुगमन तथा भेटघाट सम्पन्न भएको छ ।
यो अनुगमनबाट केही शिक्षा फार्मेसीलाई मिलेको अनुभव हामीले लिएका छौं । अनुगमनमा पसलको सफाइ, एक्सपायर औषधि कसरी राख्ने बिल के कस्तो राख्ने जस्ता विषयमा विषेश जोड दिएको पाइएको छ । अर्कोतर्फ डिडिए प्रमाणपत्र, प्यानको प्रमाणपत्र र एनसिडिएको प्रमाण पत्र सवैले देख्ने गरि राख्नुपर्ने सुझाव दिइएको पाइएको छ ।
यसै क्रममा व्यवसायी र संघवीचको अनुगमनमा राखिएका भनाइलाई पालना गर्ने र समय समयमा यस्ता अनुगमन हुनुपर्छ भन्ने मागलाई संघले पालना गर्ने आवासन दिएको पाइन्छ । यो अनुगमनले व्यवसायी र संघलाई समेत फाइदा हुनसक्ने देखिन्छ ।
आजको मध्यविन्दु नगरपालिका चोरमाराको अनुगमन टोलीमा संयोजक उपाध्यक्षमा सूर्य सुवेदी, सचिव जीवन पौडेल, सदस्य चिन्तामणि महतो, झम्कानाथ सुवेदी (रवि), निरज सापकोटा सल्लाहकार प्रदेश सदस्य जीवनराज सापकोटाको निगरानीमा आजको अनुगमन समाप्त भएको छ ।