२५ पुस २०८१, बिहीबार

आजदेखि एनसिडिए औषधि अनुगमन तथा व्यवसायिक भेटघाट सुरु


एनसिडिए औषधि अनुगमन

नवलपुर । नेपाल औषधि व्यवसायी संघ जिल्ला नवलपुरको आयोजनामा आज मध्यविन्दु नगरपालिका अरूङखोला विनय त्रिवेणी क्षेत्रका मेडिकलको अनुगमन तथा भेटघाट सम्मपन्न भएको छ ।

नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा नवलपुरले व्यवसायी सदस्य भेटघाट तथा आन्तारिक अनुगमन कार्यको लागि २०८१ साल भदौं २८ गतेका दिन जिल्ला शाखा नवलपुरको बैठकको निर्णयअनुसार पालिका, नगरपालिका स्तरीय क्षेत्रगत टोली निर्माण गरिएका त्यही टोलीले अनुगमन गरेको थियो ।

सोही क्रममा मध्यविन्दु र विनय त्रिवेणी क्षेत्रका सवै संघका थोक तर्फका उपाध्यक्ष सुर्य सुवेदीको संयोजक एवं गण्डकी प्रदेश कार्य समितिका सदस्य तथा जिल्ला सल्लाहकार जीवनराज सापकोटाको अगुवाइमा जिल्ला सचिव जीवन पौडेल सदस्यहरू चिन्तामणि महतो, झम्मकला सुवेदी र सदस्य निरज सापकोटा सहितको टोलीले अनुगमन गरेको देखिन्छ ।

यसै क्रममा व्यवसायी र संघवीचको अनुगमनमा राखिएका भनाइलाई पालना गर्ने र समय समयमा यस्ता अनुगमन हुनुपर्छ भन्ने मागलाई संघले पालना गर्ने आश्वाशन दिएको छ । यो अनुगमनले व्यवसायी र संघलाई समेत फाइदा हुनसक्ने अनुमान गरिएको छ ।

यो अनुगमन नेपाल औषधि व्यवसाय संघ जिल्ला शाखा नवलपुरको संयोजक चिन्तामणि महतो, झम्कानाथ सुवेदी (रवि) यसै कार्यलाई निरन्तरता दिइने बताइएको छ ।

एनसिडिए औषधि अनुगमन एनसिडिए औषधि अनुगमन एनसिडिए औषधि अनुगमन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !