१ कार्तिक २०८१, बिहीबार

हाइड्रोसीललाई सामान्य नसोचौं, हुनसक्छ खतरनाक पनि !


हाइड्रोसील

नवलपुर। हाइड्रोसिल (Hydrocele) पुरूषमा देखिने एउटा सामान्य समस्या हो तर कहिलेकाहीँ यसले ठूलो समस्या खडा नगराउला भन्न सकिंदैन । आजको लेखमा यिनै वस्तुहरूमा प्रकाश पार्ने जमर्को गर्नेछौं ।

यो रोग लागेका पुरुषको अण्डकोषमा पानी भरिने गरेको हुन्छ जसले गर्दा अण्डकोष सुनिन्छ । हाइड्रोसिल कुनै पनि पुरुषलाई हुन सक्छ । यो समस्या अधिकांश ४० बर्ष कटेका पुरूषहरूमा देख्न सकिन्छ ।

हाइड्रोसील के हो ?

हाइड्रोसिल पुरूषको अण्डकोषमा हुने साधारण समस्या हो। यसले अण्डकोषमा बढी प्रभाव पारेको हुन्छ। यसले हिडडुल गर्न समस्या देखिन सक्छ । दुखाई बढ्न सक्छ ।

डाक्टरको भनाई अनुसार साना बच्चाहरूमा देखिने हाइड्रोसिल आफै निको हुनसक्छ । तर कहिलेकाहीँ ठिक नभएर समस्या खडा गराउन सक्दछ ।

यस्ता समस्या देखिएमा डाक्टरको निगरानीमा उपचार गराउन आवश्यक हुनसक्छ । साना बच्चाहरुलाई जडिबुटीबाट पनि निको भएका थुप्रै केसहरू हामीसंग छन् । यसको उपचारबारे अन्त्यमा बताउने छौं ।

हाइड्रोसिल हुनुको अर्को कारण नासामा चोट लाग्नु, स्वास्थ्य सम्मबन्धी अन्य समस्या, शारिरीक सम्मबन्ध बढी हुनु,कडा खालको एक्सरसाइज व्यायाम गर्नाले पनि यस्ता समस्या देखिन सक्छ‌ ।

हाइड्रोसीलका प्रकार

हाइड्रोसील दुई प्रकारको पाइएको छ । पहिलो कम्युनिकेटिंग हाइड्रोसील र दोस्रो नन कम्युनिकेटिंग हाइड्रोसील हुन् ।

कम्युनिकेटिंग हाइड्रोसील

यो हाइड्रोसिल हुँदा अण्डकोषको थैली पुर्ण रुपमा बन्द नभएको हुनसक्छ । यसमा सुनिन्छ, दूख्न सक्छ । यसमा कम्युनिकेटिंग हाइड्रोसीलको खतरा अधिक हुनसक्छ ।

नन कम्युनिकेटिंग हाइड्रोसील

यस्तो स्थिति अण्डकोषको थैली पुर्णरुपमा बन्द भएको हुन सक्छ । यस्तो अवस्था नवजात शिशुहरूमा बढी देखिन सक्छ । केही समयपछि आफैं पनि निको हुनसक्छ ।

हाइड्रोसील किन हुन्छ ?

हाइड्रोसील हुनुका कयौं कारण हुन सक्छन् । तल केही कारणहरू दिइएको छ ।

हाइड्रोसीलका कारण

१. अधिकतर बच्चाहरूमा हाइड्रोसीलको समस्या जन्मदेखि हुनेगरेको पाइन्छ । यस्तो समस्या देखिने बच्चाहरू कम समयमा जन्मने बच्चाहरूमा बढी खतरा हुनेगरेको पाइन्छ ।

२. अण्डकोषमा चोेट लागेमा

३. अत्यधिक यौन दुराचारको कारणले

४. हर्नियाबाट पिडित पुरुषमा हाइड्रोसील हुने खतरा बढि देखिन सक्छ ।

५. प्रोस्टेट क्यान्सरबाट पीड़ित पुरुषमा हाइड्रोसीलको सम्भावना बढी देखिन सक्छ ।

हाइड्रोसीलका लक्षण

हाइड्रोसीलका अनेक लक्षण हुनसक्छ । जसको साहेताबाट हाइड्रोसिल भए नभएको पत्ता लगाउन सकिन्छ ।

लक्षणहरू

१. अण्डकोषको आकारमा बृद्धि हुनु वा अण्डकोष बढ्नु

२. हाइड्रोसीलको स्थानमा दुख्नु

३. हाइड्रोसील सुनिएको हुनु

उपचार

यसको उपचार डाक्टरको रेखदेखमा गराउनुपर्दछ ।

नोट :स-साना बच्चाहरूको अण्डकोष बढेको पाइएमा परम्परा चिकित्सामा आधारित जडिबुटीको साहेताबाट पनि उपचार हुनेगरेको पाइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !