१४ असार २०८१, शुक्रबार

एनसिडिए नवलपुरद्वारा जिल्लास्तरको सम्मान कार्यक्रमलाई निरन्तरता


एनसिडिए नवलपुर

नवलपुर । नेपाल अैाषधि व्यवसायी संघ जिल्ला शाखा (एनसिडिए) नवलपुरले जिल्लास्तरको सम्मान कार्यक्रमलाई निरन्तरता दिएको छ ।

नवलपरासीबाट सरूवा भइ जिल्ला जनस्वास्थ्य कार्यालय सुस्तापूर्व नवलपुर आएका जनस्वास्थ्य प्रमुख शैलेन्द्र कुमार सिहलाई स्वागत तथा सफल कार्यकालको शुभकामनासहित संस्थाको वार्षिक क्यालेन्डर वितरण गर्ने कार्यक्रम हिजो सम्पन्न गरेको थियो ।

जिल्लाभित्रका स्वास्थ्यकर्मी तथा स्वास्थ्य व्यवसायीहरुले भोगिरहेका समस्या चुनैाती र सम्भावना सहितको सहकार्यका विषयमा गहिरो छलफल भएको छ ।

स्वास्थ्यको सवालमा जिल्लास्तरमा अनुकरणीय कार्ययोजनासहित सस्थागत सहकार्य गर्न अैाषधि व्यवसायी संघ नवलपुर प्रतिबद्ध रहेको जानकारी महासचिव ईश्वरी प्रसाद घिमिरेद्वारा हामीलाई प्राप्त भएको थियो ।

उक्त कार्यक्रममा अमुल्य समय प्रदान गरी सौहार्द वातावण सिर्जनाको लागि कार्यालय प्रमुख लगायत कार्यदलमा सहभागी सम्पूर्ण साथीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !