१३ असार २०८१, बिहिबार

एनसिडिए नवलपुरद्वारा सिडिओ अधिकारीको स्वागत तथा शुभकामना व्यक्त


अरुण कुमार पोख्रेल

नवलपुर । आज नेपाल अैाषधि व्यवसायी संघ जिल्ला शाखा (एनसिडिए) नवलपुरले जिल्ला प्रशासन कार्यालय कावासोती नवलपरासीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अरुण कुमार पोख्रेललाई कार्यकक्षमै हार्दिक स्वागत गर्दै सफल र अनुकरणीय कार्यकालको लागि एनसिडिएको तर्फबाट शुभकामना व्यक्त गरिएको थियो ।

अरुण कुमार पोख्रेल

यस्तै एनसिडिए नवलपुरको वार्षिक क्यालेन्डर लोकार्पण गरिएको छ । साथै जिल्ला भरीका स्वास्थ्यकर्मी तथा स्वास्थ्य ब्यवसायीहरुका हकहित तथा संस्थागत सहकार्यको बिषयमा अन्तर्क्रियात्मक छलफलका गर्नुका साथै सिडिओ अधिकारीबाट संस्थागत अभियानहरुको प्रशंसासहित सस्थागत कार्यदलका सदस्यहरुको जिज्ञासाको बारेमा अत्यन्तै सैाहार्द वातावरणको महसुस गराए ।

अत्यन्तै व्यस्त कार्यतालिकाबीच पनि संस्थालाइ स्थान दिंदै समय प्रदानको लागि प्रमुख जिल्ला अधिकारीप्रति हार्दिक आभार व्यक्त गरिएको छ । संस्थागत कार्यदलमा सहभागी सम्पूर्ण सदस्यहरुलाइ हार्दिक धन्यवाद व्यक्त गरिएको महासचीव ईश्वरी प्रसाद घिमिरेले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !