७,असार २०७३- नेपालमा प्रथम पटक माघ १ लाई योगदिवसका रुपमा मनाउन थालिएको थियो। पछि संयुक्त राष्ट्रसंघले जून २१ (आजको दिन) लाई विश्वयोग दिवसका रुपमा घोषणा गरी मनाउन थालेको छ।प्राचीन कालदेखि ऋषिहरुले विकसित गरेको योग साधनाका साथसाथै आयुर्वेद चिकित्सा पद्दति पनि हो ।
योग शब्द संस्कृतकोर् युज्’ धातुबाट निर्मित छ, जसको अर्थ जोड्नु हुन्छ । आत्माको परमात्मासगको मेल वा जोड नै योग हो । योगले मानवीय चेतनाको अघिकतम विकास गरी समपुर्ण जगतको रहस्य सिकाउँदै आनन्दको उच्चतम अनुभूति गराउँछ।
महर्षि पतञ्जलिका अनुसार चित्तकावृत्तिको निरोघ नै योग हो, महर्षि पतञ्जलिकाले योगलाई अटाङ्ग योगका रुपमा विकसित गर्नु भएको थियो, यसका अङ्गहरुमा १) यम २) नियम ३) आसन ४) प्राणायम ५) प्रत्याहार ६) धारणा ७) ध्यान ८) समाधि रहेका छन्, यिनै आठ अङ्गहरुको एकस्वरुपलाई अटाङ्गयोग भन्ने गरीन्छ।
योग वशिष्ठका अनुसार मनलाई प्रशन्न गर्ने उपाय योग हो, मानव अस्तित्वमा ५ तह हुन्छन्, जसलाई पञ्चकोष भनिन्छ। तैत्तरीय उपनिषदका अनुसार पञ्चकोषमा अन्नमयकोष, प्राणमय कोश, मनोमय कोष, विज्ञानमय कोष, आनन्दमय कोष स्थूलदेखि सूक्ष्मसम्म पर्दछन् ।
प्राचीन समयमा हठयोग, तन्त्रयोग, मन्त्रयोग, राजयोग, कर्मयोग, ज्ञानयोग जस्ता विभिन्न योग प्रमुख रुपमा रहेका थिए । वर्तमान समयमा विश्वमा यिनैबाट विकसित गरिएका भावातित ध्यान, विपश्यना ध्यान, सूदर्शन क्रिया, अष्टाङ्ग योग, विक्रम योग, विन्यास योग, आयङ्गर योग, कुण्डलिनि योग जस्ता अनेकौ विधिहरुको बृहत अनुसन्धान तथा उपयोग भैरहेको छ।
भगवान शिव, गौतम बुद्ध तथा हजारौं मुनिहरुको साधना भूमिका रुपमा रहेको नेपाल योगको उदगमस्थल हो । हठयोगका विभिन्न साधना पद्दतिका विकास नेपालमै हुनु तथा योगीलाई राजवैद्यका रुपमा हेर्ने कुराले प्राचीन समय देखि नै नेपाल योग भूमि हो भन्ने पुष्टि हुन्छ ।
योगका आसनहरु:
–पद्मासन (ध्यान गरेर गरिने, एकाग्ताका लागि)
–नौकासन (मांशपेशी तथा नशाको सत्रि mयताका लागि)
–शवासन (सुतेर गरिने, आराम प्राप्तीका लागि)
–शीर्षासन (टाउकोलाई भुइँमा र खुट्टालाई माथि फर्काएर गरिने, शरीरका सबै भागमा रगत प्रवाहका लागि, उच्च रक्तचाप भएकाले गर्न नहुने)
–बद्धपद्मासन (हात तथा खुट्टाको प्रभावका लागि)
–बज्रासन (खानाको पौष्टिक तत्व सबै भागमा पु¥याउनको लागि)
–त्रिकोणासन (शरीरलाई खुट्टातर्फ ढल्काएर गरिने, ढाड तथा कम्मरको दुखाइ हटाउनका लागि)
–चक्रासन, उष्ट्रासन, धनुरासन (कम्मर दुखाइको निदानको लागि)
–शलभासन (कम्मर दुखाइको निदान तथा एकाग्रताका लागि)
–गोमुखासन (ग्यास्ट्रीक, अपचको समस्या हटाउन तथा आउन नदिनका लागि)
योगका फाइदाहरु:
१) स्वास्थ्य वैज्ञानिकहरूका अनुसार रोग लाग्नुको कारणमध्ये शरीरमा ‘फ्रि रेडिकल’ बढ्नु पनि एक हो । फ्रि रेडिकलले हाम्रो कोषिका तथा डीएनएलाई विकृत गर्छ । फ्रि रेडिकल बढ्ने कारणमध्ये अत्याधिक थकानयुक्त कसरत (जिम, एरोबिक, दौड आदि) पनि एउटा हो । योगको अभ्यासपछि भने शरीरमा हल्कापन आउँछ र फ्रि रेडिकल बढ्न पाउँदैन ।
२) अन्य अभ्यास तथा कसरतले शरीरको बाहिरी भाग र मांशपेसीलाई मात्र धेरै प्रभाव पार्छ भने योगले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ ।
३) शारीरिक अभ्यासका अन्य विधि खर्चिला हुन्छन् । सहयोगी, साधन, ठूलो स्थान आदिको आवश्यकता पर्दछ । योग भने खर्चबिना नै गर्न सकिन्छ । न त सहयोगी नै चाहिन्छ न ठूलो ठाउँ न उपकारण नै । योग अभ्यासका विधिबारे राम्रो जानकारी राख्यो भने एक्लैले गर्न कुनै कठिनाइ हुँदैन ।
४) अन्य अभ्यासमा मन तथा इन्द्रीयलाई नियन्त्रण गर्ने कुनै प्रक्रिया नै छैन । तर, योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पुर्याउछ।
५) योग मात्र यस्तो अभ्यास हो, जसका हरेक अभ्यासमा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ ।
६) योगका लागि धेरै खुराक आवश्यक पर्दैन, सामान्य खाना पर्याप्त छ । तर अन्य अभ्यासमा ‘हेभ्भी डाइट’को आवश्यकता पर्दछ ।
७) योगमा मात्र शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास छ । जसबाट अत्यन्त कम शक्ति खर्चिएर शारीरिक तथा मानसिक लाभ प्राप्त गर्न सकिन्छ । कमजोर व्यक्तिले पनि योगको फाइदा लिन सक्छन् ।
८) योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउने प्रक्रिया हुन्छ तर अरू अभ्यासमा त्यो पाइँदैन ।
९) जति ‘रिढ’ लचिलो हन्छ त्यति नै शरीर स्वस्थ रहन्छ । यौवन, युवापन र शरीरमा स्फुर्ती आउँछ। ‘रिढ’को लचकता बढाउने राम्रो अभ्यास योगमा छ ।
१०) योगाभ्यासले सम्पूर्ण नशा–नाडी तथा रक्तनली शुद्ध गर्छ । अरू शारीरिक व्यायाममा यस्तो पाइँदैन ।
११) योगमा फोक्सोलाई पर्याप्त खुम्च्याउने र फैल्याउने अभ्यास छ । जसले अक्सिजन लिने क्षमता बढाउँछ तर अन्य व्यायाममा यो प्रक्रिया छैन । अन्य अभ्यासमा गहिरो स्वास लिने प्रक्रिया छैन जसले गर्दा फोक्सोको कम भाग मात्र सक्रिय रहन्छ ।
१२) अहिलेको रहनसहन तथा खानपिनको अवस्था विकृत बन्दै गएको छ । योगमा खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी पाइन्छ ।
१३) अन्य अभ्यासमा पाचन प्रणाली बिग्रने, लामो समयपछि हाडजोर्नी तथा मांशपेसी दुख्ने जस्ता समस्या आउन सक्छन्, तर योगमा त्यस्ता कुनै ‘साइड इफेक्ट’ हुँदैन ।
१४) योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास तथा समग्र जिउने तरिका सिकाउँछ ।
१५) शरीरमा हर्मोन्स तथा इन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगले ठूलो भूमिका खेल्छ ।
१६) शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक विकासका लागि योग सर्वोत्तम पद्धति हो, यसको दाँजोमा अन्य कुनै पनि शारीरिक व्यायाम आउनै सक्दैनन् ।
स्वस्थ्य रहनका लागि शारीरिक व्यायामका अन्य उपायभन्दा योग कैयौं गुणा फाइदाजनक रहेको अभ्यास र अनुसन्धानले नै देखाएको कुरा हो । अतः स्वास्थ्यका लागि सक्षम योगगुरुको आवश्यकतालाई भने भुल्न हुँदैन । सुरुका दिनमा टीभी तथा सीडीका आधारमा योग सिक्नुभन्दा योगगुरुको निगरानीमा सिक्नु राम्रो हुन्छ ।