१६ असार २०८१, आइतबार

नेपाल औषधि व्यवसायी संघ नवलपुरको बार्षिक साधारण सभा सम्पन्न


नेपाल औषधि व्यवसायी संघ नवलपुर

नवलपुर । नेपाल औषधि व्यवसायी संघ नवलपुरको दोस्रो बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । गत पुस २७ गते होटल पानसमा दोस्रो बार्षिक साधारण सभा तथा अधिवेशन भएको हो ।

उक्त सभा तथा अधिवेशनले विष्णु कंडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । उक्त कार्यक्रममा औषधि सम्वन्धी र व्यवसायिक हकहितमा वक्ताहरुले बोलेका थिए ।

नवनिर्वाचित कार्यसमतिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण शर्मा (पौडेल) उपाध्यक्ष (थोक) सूर्यप्रसाद सुवेदी, उपाध्यक्ष (खुद्रा) ओम बहादुर महताो, महासचिवमा ईश्वरी प्रसाद घिमिरे , सचिवमा जिवन पौडेल, कोषाध्यक्षमा पशुपति भूषाल (राजु) र उपकोषाध्यक्षमा धनबहादुर कुमाल भएका छन् ।

त्यसगैरी कार्यसमितिका सदस्यहरुमा चिन्तामणी महतो, नारायण घिमिरे, सोमनाथ शर्मा, झम्कनाथ सुवेदी (रवि) र शेर बहादुर मल्ल रहेका छन् ।

जिल्लामा २८० भन्दा बढीको संख्यामा औषधी व्यवसायीहरु भएपनि नेपाल औषधी व्यवसायी संघ नवलपुरमा भने १४६ जना व्यवसायीहरु आवद्ध रहेको संघको तथ्याकं छ ।

नवनिर्वाचित सदस्यहरूको काधमा नवलपरासीमा छरिएर रहेका सवै औषधि व्यवसायीलाई समेटेर अघि बढ्ने काममा जुट्नु हुने छ भन्ने हाम्रो सुझाव छ । औषधि व्यवसायीको छाता संगठन लाई सवै सदस्यको सहयोगको खाँचो देखिन्छ ।

नवलपुरका सम्मपुर्ण औषधि व्यवसायी एकजुट नहुँदासम्म केही नहुने र एकलाई पर्दा अर्को साथीहरु टुलुटुलु हेरेर बस्ने समस्याको अन्त हुन सबैभन्दा ठूलो योगदान नवलपुर औषधि व्यवसायी संघको देखिन्छ र देखिन नदिन सवैको सहयोग नितान्त आवश्यक छ ।

नेपाल औषधि व्यवसायी संघ नवलपुर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !