१० पुस २०८१, बुधबार

भान्साको औषधि ज्वानो प्रयोग गर्दा हुने चमत्कारिक फाइदाहरु


ज्वानो

काठमाडौँ । हाम्रो भान्सामा यस्ता अनेकौं मानव स्वास्थ्यमा उपयोग हुन सक्ने खालका औषधि छन्, जसको प्रयोगले थोरै मेहनतमा ठुल्ठूला रोग निको बनाउन सकिन्छ । हेर्दा सामान्य देखिने तर यसका फाइदा भने नसोचेको देखिने यस्ता जानकारी प्राप्त गरेर सवैले लाभ पक्कै उठाउनुभयो भने हाम्रो मेहनत खेर जाने छैन ।

आज हामीले ज्वानोको विषयमा लेख पस्कन गइरहेका छौं । ज्वानोलाई नचिन्ने शायद कमै होलान् । ज्वानो सुत्केरी अवस्थामा दिनाले आंग कस्नुको साथै दूध बढाउने कुरा अधिकांशलाई थाहा नहुन सक्छ । तर ज्वानोबाट अन्य थुप्रै खालका रोग निको हुने गर्दछ ।

हामी यति धेरै परनिर्भरपनको सिकार भयौं कि हामीले भान्सामा पाइने औषधिको उपयोग गर्न जानेनौं यो दु:खद कुरा हो । कुनै पनि वस्तुको सहि उपयोग गर्न पहिले त्यसको बारेमा जानकारी प्राप्त गरेर परिवारदेखि समाजसम्म यस्ता अमुल्य औषधि प्रयोग गराएर स्वास्थ्य लाभ दिन सके ठूलो उपलब्धि हात लाग्नेछ ।

हामीले विद्यालय स्तरदेखि नै यस्ता विषयमा विषेश अध्ययन गराउदै लग्न सके ठूलो उपलब्धि हासिल हुन सक्ने देखिन्छ । तल्लो कक्षादेखि नै जडिबुटीको शिक्षा दिन सकेको खण्डमा मानिस निरोगी हुने पक्का छ । यस्तो कार्यमा कसैको ध्यान नपुग्नु दु:खको कुरा हो ।

आजको लेखमा ज्ञान बढाउने उद्धेश्यले भान्साको औषधि ज्वानोबाट के कस्ता रोगमा ज्वानो प्रयोग गरेर स्वास्थ्य लाभ दिन सकिन्छ भन्नेबारे प्रकाश पार्न गई रहेका छौं । ज्वानो हाम्रो नेपालमा उत्पादन हुन सक्ने बस्तु हो तर यो पनि छिमेकी मुलुक भारतदेखि आउने गरेको सुनिन्छ ।

ज्वानोको उपयोग गर्ने तरिका

१. मुखबाट अमिलो पानी आएमा

ज्वानोलाई पाउडर बनाउने र मनतातो पानीमा थोरै बिरेनुन राखेर खानापछि आधा चमच १०/१५ दिन खानाले यो रोग निको हुन्छ ।

२. दमको रोगमा

ज्वानो गरम पानीसित खानाले शरीर तातो भएर दमको रोगमा कफ पाक्नाले राम्रो फाइदा हुन्छ ।

३. पेट दुख्ने भएमा

ज्वानो र थोरै सिधेनुन गरम पानीसंग खानाले पेट दुख्न निको हुन्छ ।

४. जोर्नी दुख्ने रोगमा

ज्वानोको तेलले दैनिक जोर्नी दुखेको ठाउमा मालिस गर्नाले निको हुन्छ ।

नोट : ज्वानोको तेल आयुर्वेद औषधालयमा पाउन सकिन्छ ।

५. भाइरसको संक्रमणमा

गरम पानीमा ज्वानोलाई उमाल्ने र दालचिनी मिश्रण गरेर ३ पटक दिनमा खान दिने निको हुन्छ ।

६. रक्सी छोड्न मन भएमा

ज्वानो दैनिक मुखमा राखेर चपाउनाले रक्सीको लत छोडाउन मद्दत गर्दछ । खाने मनलाई हटाउन यसको ठूलो भूमिका छ ।

७. रूघाखोकी

चिसो हुनबाट बचाउँछ । १५-२० दिनसम्म २ ग्रामको दरले ज्वानो खानुहोस् । यसो गर्नाले तपाईको कफ, सर्दी माईग्रेन हटेर जान्छ ।

८. डायविटिज नियन्त्रण गर्छ

डायविटिजको विरामीले १ चम्चा ज्वानोको दाना साँझ १ गिलास पानीमा राखेर छोड्ने र विहान खाली पेटमा पानी पिउने र ज्वानो पनि सेवन गर्नाले सुगर लेवल कम हुन थाल्दछ ।

९. शरीर मोटो छ बोसो फाल्न

ज्वानोको पानी र ज्वानो साँझ २ चमच जति १ गिलास पानीमा भिजाएर राख्ने प्रात: बासी मुख यो पानी र ज्वानो सेवन गर्नाले फ्याट कम गराउँदछ । बढी मोटो हुनेहरूको लागि रामबाण औषधि मानिएको छ ।

१०. अम्लपित्त रोगमा

मुखबाट अमिलो पानी आउने समस्या भएमा पनि यो औषधिको सेवनले राम्रो फाइदा गर्दछ । ज्वानोमा वाथ र पित्तनाशक गुण हुनाले यस्ता रोगमा राम्रो फाइदा गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !