२५ बैशाख २०८१, मंगलबार

डा. केसीद्वारा सरकारलाई सातदिने ‘अल्टिमेटम’, नत्र साउन २९ देखि सत्याग्रह


डा. गोविन्द केसी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता एवं सत्याग्रही चिकित्सक प्रा. डा. गोविन्द केसीले सीटीईभीटीका पदाधिकारी तत्काल बर्खास्त गर्न माग गर्दै सरकारलाई सातदिने ‘अल्टिमेटम’ दिएका छन् ।

आज सोमबार पत्रकार सम्मेलनमार्फत उनले सीटीईभीटीअन्तर्गतका कलेजमा ‘अवैध’ सिट निर्धारण र विद्यार्थी अवैध भर्ना गर्ने पदाधिकारीलाई ‘माफिया’को संज्ञा दिए । उनीहरूलाई तत्काल बर्खास्त गर्न माग गरे ।

सीटीईभीटीले चिकित्सा शिक्षा कार्यक्रममा शुल्क बढाउने निर्णय फिर्ता र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि उनले सरकारलाई सातदिने ‘अल्टिमेटम’ समेत दिएका हुन् ।

स्वास्थ्य र मेडिकल शिक्षा सुधारको माग राख्दै पटक-पटक सत्याग्रहमा बस्दै आएका डा. केसी पुन सत्याग्रहमा बस्ने भएका हुन् । यसअघि सरकारले चिकित्सा शिक्षा सुधारका लागि गरेका सहमतिहरू कार्यान्वयन गर्न उनले १४ दिनको समय सीमा दिएका छन् ।

उनले शुल्क बढाउने सीटीईभीटीको निर्णय खारेजी, सबै प्रदेशमा मेडिकल कलेज पुर्‍याउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउनुपर्ने लगायतका मागसहित सरकारलाई अल्टिमेटम दिएका हुन् ।

पछिल्लो पटक डा. केसी र सरकारबीच चिकित्सा शिक्षा सुधारबारे २०७९ असोजमा सहमति भएको थियो । डा. केसीले राज्यले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको बताए । आगामी साउन २९ गतेदेखि सत्याग्रहमा बस्ने घोषणा गरेका छन् ।

डा. केसीद्वारा सरकारलाई सातदिने ‘अल्टिमेटम’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !