२३ भाद्र २०८१, आइतबार

स्वास्थ्यमन्त्री बस्नेतले आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्छ : प्रगतिशील चिकित्सक संघ


मोहनबहादुर बस्नेत फाइल फोटो

काठमाडौँ । नेपाल प्रगतिशील चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ ।

प्रगतिशील चिकित्सक संघका अध्यक्ष डा. मधुर बस्नेत र महासचिव डा. मधु न्यौपानेले एक प्रेस विज्ञप्ति गर्दै स्वास्थ्यमन्त्री बस्नेतको अभिव्यक्ति आपत्तिजनक भन्दै पदको जिम्मेवारी, गरिमा र मर्यादा विपरित रहेको समेत टिप्पणी गरेको हो ।

प्रगतिशील चिकित्सक संघले सो आपत्तिजनक अभिव्यक्ति फिर्ता लिई कुनै पनि आत्महत्याको अभिव्यक्तिलाई संवेदनशीलताका साथ लिन जरुरी छ भन्ने सन्देश प्रवाह गर्न समेत माग गरेको हो ।

गत सोमबारको पत्रकार सम्मेलनमा कर्मचारी समायोजन तथा सरुवाको प्रसंग निकाल्दै मन्त्री बस्नेतले एक कर्मचारीले ‘सरुवा गरिदिए आत्महत्या गर्छु भनेको र आफूृले आत्महत्या गर्छु भन्नेलाई डोरी किनेर झुण्डिन पठाइदिनु’ भनेको बताएका थिए । सो अभिव्यक्ति प्रति मन्त्री बस्नेतको चौतर्फी आलोचना भएको छ ।

यस्तो छ नेपाल प्रगतिशील चिकित्सक संघले निकालेको प्रेस विज्ञप्ति

नेपाल प्रगतिशील चिकित्सक संघले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !