१२ असार २०८१, बुधबार

स्वास्थ्यमन्त्री बस्नेतले राजीनामा दिनुपर्छ : राष्ट्रिय चिकित्सक संघ


मोहनबहादुर बस्नेत फाइल फोटो

काठमाडौं । राष्ट्रिय चिकित्सक संघ नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ । स्वास्थ्यमन्त्री बस्तेनले दिएको विवादास्पद अभिव्यक्तिको राष्ट्रिय चिकित्सक संघले आपत्ति प्रकट गरेको हो ।

स्वास्थ्य मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले ‘खटाएको स्थानमा नजाने कर्मचारीले आत्महत्या गर्छु भन्दा आफूले डोरी दिएर झुण्डिन पठाउनु’ भन्ने अभिव्यक्ति दिएका थिए ।

मन्त्री बस्नेतको उक्त अभिव्यक्तिप्रति चर्को आलोचना भइरहेको छ । मन्त्री बस्नेतले संविधान र कानुनविपरीत आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति दिएको भन्दै तत्काल मन्त्री पदबाट राजीनामा दिनुपर्ने संघले माग गरेको छ ।

स्वास्थ्यकर्मीप्रति इंगित गर्दै ‘डोरी लिएर झुन्डिन पठाउने’ भन्ने मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै संघले विज्ञप्तिमार्फत त्यसको भर्त्सना गरेको हो । संघका अध्यक्ष डा. पुष्पमणि खरालले जारी गरेको विज्ञप्तिमा आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति आएको भन्दै मन्त्रीले पदबाट राजीनामा दिनुपर्ने विषय उल्लेख छ ।

यस्तो छ राष्ट्रिय चिकित्सक संघ नेपालले निकालेको विज्ञप्ति

राष्ट्रिय चिकित्सक संघ नेपालले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !