१२ आश्विन २०८१, शनिबार

यस्ता छन् शिलाजित खाँदा पुरुषमा हुने चमत्कारिक फाइदाहरु


शिलाजित

नवलपुर । शिलाजित सेवनले, खास गरी पुरुषलाई फाइदा बढी गर्ने कुरा केहि पत्रपत्रिकामा छापेको भएपनि यो महिला पुरुष दुबैले सेवन गर्न सकिने कुरा पत्ता लागेको छ । शिलाजित खाँदा शरीरमा सेक्स हार्मोनको मात्रा वृद्धि हुन्छ । यो महिला तथा पुरुष दुवैको प्रजनन क्षमता बढाउन पनि लाभदायक सिद्ध छ ।

हाम्रो देशमा शिलाजितको खानी भएपनि यसको प्रयोग कम भएको देखिन्छ । नियमित सेवन गर्न सकिने शिलाजितको उपयोग विभिन्न रोगमा प्रयोग गर्न सकिने देखिन्छ । जोर्नी दुख्ने सुगरका रोगीले खायमा कमजोर नहुने आयुर्वेद ग्रन्थमा उल्लेख गरेको पाइन्छ ।

शिलाजित एक रोग अनेक भने जस्तै एउटा औषधिले थुप्रै रोग निको गराउन सक्षम छ । यस्ता अनेकौं औषधि हाम्रो देशमा पाइन्छ तर यसतर्फ खोज खबर हुन सकेको छैन ।

शिलाजितबाट उपचार गर्न सकिने रोगहरू

१. शिलाजित बलबर्धक छ । यसमा एन्टीअक्सिडेन्ट हुने हुनाले जाडो मौसममा चिसोबाट बचाउन राम्रो भूमिका खेल्न सक्छ ।

२. शिलाजितको सेवन गराउनाले मस्तिष्कलाई समेत स्वस्थ राख्दछ । शिलाजीतमा न्यरोप्रोटेक्टेब क्षमता हुने हुनाले मानिसलाई रोग प्रतिरोधक क्षमता बढाउछ । शिलाजीतमा विर्सने रोग भएकाहरूलाई समेत यसको सेवनले राम्रो फाइदा पुर्याउने गर्दछ ।

३. शिलाजितको प्रयोग गर्नाले हर्मोन र इम्यूनो सिस्टम नियन्त्रित गर्दछ ।

४. शिलाजितको प्रयोगले जोर्नी दुख्ने, युरिक एसिड बढ्ने समस्यालाई समेत नियन्त्रण गर्दछ । युरिक एसिड क्रमश: ठिक हुँदै जान थाल्दछ ।

५. शिलाजितको प्रयोगले मधुमेह रोगमा रगतमा हुने ग्लूकोज र लिपिड प्रोफाइल कम गर्न राम्रो भूमिका खेल्दछ ।

६. सेक्स कमजोर हुनेहरूले नियमित शिलाजित दुधसंग सेवन गर्नाले बुढो पनि जवान हुने उल्लेख गरेको छ ।

७. शिलाजित प्राकृतिक भिटामिन भएकाले यसको सेवन गर्नाले अनेक रोग हुनबाट समेत बचाउने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !