२२ भाद्र २०८१, शनिबार

बिना औषधी रूघाको उपचार गर्न सकिने रोचक जानकारी


रूघाको उपचार

नवलपरासी । रूघा सामान्य रोग मानिएतापनि यसले मानिसलाई निकै सताउँछ । यही रुघा बिग्रेर निमोनिया, दम, साईनोसाईटिस (पिनास) जस्ता अनेकौ रोगको कारण बन्न सक्छ । रुघालाई अंग्रेजी भाषामा कमन कोल्ड भन्ने गरिन्छ ।

रूघा लागेर हैरान हुनेहरूको तादात नेपालमा कम छैन । वास्तवमा रूघा भाइरस र एलर्जीका कारणले हुने गर्दछ । यसको उपचारबारे राम्रो जानकारी सवैलाई हुन आवश्यक छ ।

रूघाको औषधी होइन प्राकृतिक रूपमा निको बनाउने खालको जानकारीको अभावमा मान्छे रूघालाई दबाउने खालको उपचार गर्न बाध्य पारिएको छ । हामीले लामो अनुसन्धानपछि नयाँ जानकारी पाठकलाई पस्कन गइरहेका छौँ ।

आजको लेखमा औषधि नै सेवन नगरि रूघा कसरी निको हुनसक्छ भन्ने जिज्ञासा जाग्नु स्वभाविक हो । हामीले स्वास्थ्य र शरीर संग खेलवाड गरी रहेका छौं । रूघा सामान्य समस्या हो ।

बर्षमा एकपटक रूघा लाग्नुलाई सामान्य रूपमा लिनु राम्रो हो । तर यसो नभई हरेक दिन रूघाले सताउछ भने यो समस्या हो ।

रूघा लाग्नासाथ औषधि सेवन गराइ हाल्छौं । सवै औषधि यसका लागि उपयोगी नहुन सक्छ । हरेक बर्ष मान्छेलाई प्राय: जाडो मौसममा बढी रूघा लाग्ने गरेको हुन्छ यसको ठोस् कारण चिसोले गर्दा यस्तो हुने गरेको हुन्छ ।

रूघा लाग्दा कुन औषधि सेवन गर्ने र कुन औषधि सेवन गर्दा रूघा निको हुनसक्छ भन्ने प्रयाप्त जानकारी हुन आवश्यक छ ।‌ बिना औषधि रूघा कसरी निको बनाउन सकिन्छ भन्ने जानकारी हरेक नेपालीलाई हुन सके औषधिबाट हुने खराबीलाई रोक्न सकिने देखिन्छ ।

रूघा लाग्नुको प्रमुख कारणहरु

रूघा लाग्नुको पछाडि सय कडौ प्रकारका भाइरस छन्, जसमध्ये राइनोभाइरसको संक्रमणबाट रुघा लाग्ने गर्दछ । धुलो, धुवाँ, प्रदुषण, बदलिंदो मौसम आदिबाट एलर्जी हुने हुनाले मान्छे रूघाको चपेटामा पुग्छ । रूघालाई दबाउने खालको उपचारका कारण रूघा पटक-पटक लागि रहने गर्छ ।

उपचार

१. सुत्ने बेलामा टाउकोलाई चिसोबाट बचाउनुस् । यसका लागि कम्बल न्यानो कपडाले टाउको ढाकेर सुत्ने गर्नुस केहि दिनबाट आफै यो समस्या हल हुनेछ । यो अनुभव गरेर दिइएको छ ।

२. असुराको पात ल्याउनुस् र पानीमा उमाल्नुस् २ देखि ३ चम्चा यसको काढा मा मह आधा चम्चा राखेर दिनमा २ पटक सेवन गरौं ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !