१२ आश्विन २०८१, शनिबार

औषधि सेवनमा ध्यान दियौं, स्वस्थ समाजको निर्माण गरौं !


औषधि सेवन

नवलपुर । औषधि बिरामीको उपचारमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । यदि औषधिको सेवनमा कुनै प्रकारको गल्ती भयो भने यसको सिधा असर बिरामीको स्वास्थ्यमा पर्न सक्छ । सहि तरिकाबाट औषधि चलाउदा औषधि अमृत हो भने गलत तरिकाले चलाएमा जहर पनि हुन सक्छ ।

नेपालीमा उपचार र औषधिको बारेमा संवेदनशीलता देखिँदैन । विज्ञ व्यक्तिहरुलाई पनि आफूले कुन नामको औषधि खाइरहेको छु, यसको डोज के हो र औषधिले गर्ने काम के हो भन्ने कुराको बारेमा जानकारी भएको पाइँदैन । यसै कुरालाई ध्यानमा राखेर आज हामीले औषधि सेवनमा कुनै त्रुटी नहोस् भनेर यहाँ जानकारी पस्कन गइरहेका छौं ।

हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधिको बारेमा जस्तै विज्ञ र अनुभवी व्यक्तिले पनि चासो दिएको पाइँदैन । औषधि खरिद गर्दा एक्सपायर र मेन्यु फेक्चर डेट हेरेर मात्र खरिद गर्ने बानी बसाल्नु राम्रो हुन्छ । यस्ता विषयमा हामी हमेसा चनाखो हुनुपर्छ । जुन कुराले बिरामीलाई प्रत्यक्ष असर गर्छ ।

यदी तपाईँ कुनै अस्पताल जानुभयो र चिकित्सकले औषधि लेखे भने त्यो कुन औषधि हो ? औषधि प्रयोग गर्ने मिति कहिलेसम्म लेखिएको छ, त्यो औषधिले के कस्ता साईडइफेक्स गर्न सक्छ ? खानापछि खाने कि खाना अघि खाने ? कति दिनसम्म खाने र कति घण्टाको फरकमा खाने भन्नेबारे बुझ्न जरुरी हुन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा बिरामीले सेवन गर्ने औषधिको रोल के हो ? अर्थात तपाईँले त्यो औषधि किन खाने, त्यो औषधि खाँदा फाइदा के हुन्छ भन्ने बारेमा बुझ्न जरुरी हुन्छ । जब सम्म एउटा बिरामीले औषधिको महत्व के छ भन्ने कुरा बुझ्दैन त्यस्ता व्यक्तिले औषधि छाड्ने, नियमित नखाने जस्ता समस्याहरु हुन्छन् ।

चिकित्सकले पनि बिरामीले खाने औषधिको रोल के हो भन्ने बारेमा जानकारी गराउँन आवश्यक छ । यसमा बिरामीले पनि चासो राख्नुपर्छ । चिकित्सकले तपाइँलाई लेखिदिएको औषधि र औषधि पसलले दिएको औषधि एउटै होकी होइन भन्ने बारेमा निश्चित गर्न अति आवश्यक हुन्छ । औषधि सट्टामा दिएको भए फार्मा कोपीया फरक छ भने गुण फरक हुन सक्छ । बनाउने तरिकामा पनि भर पर्छ सके सम्म सेवन गर्ने औषधि एउटै हुन आवश्यक छ ।

चिकित्सकले कति वटा औषधि लेखिदिए र फार्मेसीले कतिवटा औषधि दिए भन्ने कुराको बारेमा पनि जान्न जरुरी हुन्छ । कहिलेकाहिँ ५ वटा औषधि लेखिएको ठाँउमा ४ वटा मात्रै दिएको पनि हुनसक्छ । त्यो छुटेको एउटा औषधि अरु औषधि भन्दा महत्वपूर्ण हुन सक्छ ।

औषधिको एकातिरको भागमा औषधिको नाम र कम्पनी अनि डोज लेखेको हुन्छ भने अर्काे भागमा औषधि सेवनको मिति लेखिएको हुन्छ । औषधिको सवैभन्दा महत्वपूर्ण कुरा मानिसको शरीरको तौलको आधारमा दिने औषधि भए जोखेर दिने गर्नु पर्छ । कुनै व्यक्तिले चिकित्सकको सल्लाहबिना औषधिको डोज घटाउने बढाउने अथवा छोड्ने गर्ने गरेको पनि भेटिन्छ तर चिकित्सकको सल्लाह बिना यस्तो गर्नु गलत हो । यसले फाइदा होइन वेफाइदा बढी गरेको पाइन्छ ।

कुनै कारण बिनानै सेवन गरिरहेको औषधि बन्द गर्दा केही असर हुन्छ कि हुँदैन भन्ने बारेमा पनि जानकारी हुनुपर्छ । जस्तै सुगर, प्रेसर लगायत रोगहरुको औषधि लामो समयसम्म खानुपर्ने हुन्छ । चिकित्सकको सल्लाह बिना यो औषधिको डोज घटाउने वा बढाउने गर्नु हुँदैन । एउटा औषधि पनि आधा मात्रै भाँचेर खाइरहनु भएको छ भने त्यस्तो औषधि एक दुई दिन पछि खाँदा खासै काम गर्दैन । झोल औषधिमा पनि सिल खोले पछि एक हप्ता, १५ दिन या एक महिना मात्रै प्रयोग गर्न सकिन्छ त्यसपछि भने निरन्तर प्रयोग गर्न मिल्दैन ।

औषधि सेवन गर्दा कुनै अन्य सामान्य समस्याहरु पनि देखिन सक्छन् । जस्तो प्रेसरको औषधि खाँदा खुट्टा सुन्निन सक्छ, खुट्टा सुन्निनु भनेको साधारण समस्या हो यस्तो समस्या देख्ने बितिकै औषधि छोड्नु पर्छ भन्ने छैन । तर बिरामीले औषधि बन्द गर्दा फेरि प्रेसर हाई हुन्छ । औषधि खाँदा समस्या भएको खण्डमा चिकित्सकलाई तुरुन्त जानकारी गर्न आवश्यक हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !