१२ असार २०८१, बुधबार

यस्तो छ सिकलसेल एनिमिया हुनुको वास्तविक कारण


सिकलसेल एनिमिया

सिकलसेल एनिमिया बायोलोजिकल प्यारेण्टबाट हुन सक्ने अनुमान गरिएको छ । यसले सामान्य रातो रक्तकोशिका बदल्ने काममा मद्दत गर्दछ । यस्ता रोग लाग्नुको पछाडि आमा बुबाको उत्परिवर्तित होमोग्लोबिन प्रोटीन जीनबाट प्राप्त हुन सक्छ । त्यस्ता बाबु आमाबाट जन्मेका सन्तानहरूलाई यो समस्या देखिन सक्छ ।

सामान्य रातो रक्तकोशिकामा हीमोग्लोबिन हुन्छ । हीमोग्लोबिन प्रोटिन र रातो रक्तकोशिकाको मुख्य भाग हो । जब हीमोग्लोबिन जीन उत्परिवर्तित हुन थाल्छ तब शरिरमा सिकलसेल बन्ने गर्दछ ।

सामान्य रातो रक्त कोशिका लगभग १२० दिन जीवित रहन सक्छ । सिकल कोशिकाहरू १० देखि २० दिनभित्र आफै नस्ट हुने गर्दछ । सिकल सेल एनीमियासंग जोडिएको चिकित्सीय संकेत लक्षण केहो ? यो बुझ्न जरुरी छ ।

सिकलसेल एनिमियाको लक्षण विशेष गरेर तब सुरु हुन्छ जब बच्चा ५ देखि ६ महिनाको हुन्छ । बच्चा जतिजति बढ्न थाल्छ यसको लक्षण देखिन्छ । यस्ता रोगमा देखिने लक्षणहरु घातक हुनसक्ने बताइएको छ ।

सिकलसेल एनिमियाको निदान कसरी गर्ने ?

स्वास्थ्य सेवा प्रदाय संस्थामा रगतको नमुना लिएर परिक्षण गराउनु पर्दछ ।यसरी परिक्षण गर्दा सिकलसेल एनीमिया हो वा होइन भन्ने जानकारी प्राप्त हुन सक्छ । यो परीक्षणबाट रातो रक्तकोशिकामा विभिन्न प्रकारको होमोग्लोबिनको पहिचान र मापन गरिने हुन्छ । असामान्य होमोग्लोबिन यसमा छ वा छैन भन्ने कुरा जानकारी हुन सक्छ ।

यो रोगमा देखिने पहिलो लक्षणहरू ?

१. जण्डिस शरीर पहेंलो देखिने

सामान्य अवस्थामा देखिने रोग जण्डिस भन्दा यो रोगमा देखिने लक्षणहरु फरक देखिन्छ ।

२. आँखा पहेंलो देखिने रातो रक्तकोशिकाको क्षतिग्रस्त हुँदा यस्तो लक्षण देखिन सक्छ ।

३. एनीमियाको कारण ज्यादा थकाई महसूस हुन सक्छ । कहिले काही सिकेल एनिमिया नभई अन्य रगतको कमिले पनि यस्तो अवस्था देखिन सक्छ ।

४. डैक्टलाइटिस जसमा हात र खुट्टा सुनिनुको साथै दुखाई पनि हुन थाल्छ । यस्ता लक्षण देखा परेमा रगत जाँच गराउनुहोस् ।

५. चक्कर लाग्नु घुमाएको महसुस हुनु । यस्ता लक्षण देखा परेमा डाक्टरको निगरानीमा उपचार गराइ हाल्नुहोस् ।

६. सास तान्न गारो महसुस हुनु । यस्ता लक्षण देखापर्न थालेमा उपचार गराई हाल्नुपर्ने छ ।

उपचार

नोट : यस्ता रोगमा हेल्चक्राइले ठूलो समस्या निम्तने हुनाले योग्य डाक्टरको निगरानीमा उपचार गराउनुपर्ने र आफु खुसी औषधीको सेवन नगर्दा राम्रो हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !