१२ आश्विन २०८१, शनिबार

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन


डा. रामकेवल साह

महेन्द्रनगर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ । करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत डा. साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए । उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो ।

उनी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत थिए । डा. साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !