२० बैशाख २०८१, बिहिबार

औषधि कसरी सेवन गर्ने ? भन्ने बारेमा उपयोगी जानकारी


औषधि सेवन

औषधि सेवनबारे रोचक जानकारी आजको लेखमा पस्कने छौं । यो भन्दा पहिले उदाहरणको रूपमा आज गोरखा आयुर्वेदको हिग्वस्टक चूर्ण र सुगरको औषधि बारेमा अन्तमा कसरी सेवन गर्ने भन्नेबारे प्रकाश पार्ने छौं ।

यस्ता औषधि सेवन गर्ने सिस्टम नजान्दा कतिपय औषधीले काम गरेको छैन । औषधि सेवन गर्ने सिस्टम नजान्दा धेरै रोग निको नभएका घटना हामीले देख्न सकिन्छ । आजको लेखमा औषधि सेवन कसरी गर्ने भन्ने बारेमा जानकारी पस्कने छौं ।

औषधि सेवन गराउँदा खानाको वीचमा, खानापछि, खाना अगाडि भनेर लेखिएको हुन्छ तर हामीले सहि तरिकाले औषधि सेवन गर्न र गराउन सकेका छैनौ ।

लामो समयसम्म सेवन गर्ने औषधि होस् या छोटो समय सेवन गर्ने औषधि नै किन नहोस् सिस्टम नजान्दा औषधिले काम गरिरहेको छैन । यसै सम्वन्धमा सुगरको औषधि फरमिन-जी १ फोर्ट जस्तै अन्य औषधी बारेमा पनि जानकारी पस्कने छौं ।

हरेक औषधि सेवन गर्दा यसबाट हुनसक्ने प्रक्रियाबारे प्रष्ट बुझेर मात्र औषधी सेवन गराउन सके यसबाट राम्रो फाइदा पुराउन सकिने छ । अर्को महत्वपूर्ण कुरा समयलाई पनि लिएको छ । हजुर औषधि सेवन गर्दै हुनुहुन्छ ।

विहान ८ बजे सेवन गर्ने औषधि ९ बजे होइन ८ बजे नै खानुस्, यसले राम्रो काम गर्दछ तर ९ /१० बजे खानु भएमा यसले कम काम गर्न सक्छ । यसरी औषधि सेवन गर्ने समय ठिक हुनुपर्छ ।

आउनुहोस् आज सुगरको औषधि र पेटको लागि सेवन गर्ने औषधिबारे जानकारी प्राप्त गर्ने तर्फ लागौं । फरमिन-जि१ मा दुईवटा औषधि मिलाएर बनाएको छ । ग्लिमप्राइड १ एम.जी र मेटफर्मिन हाइड्रोक्लोराइड १ हजार एमजीको औषधि प्रयोग कर्ताले खानापछि खाने गरेको हामी पाउँछौं । यसरी सेवन गर्दा यसले कम काम नगर्ने हुन्छ ।

ग्लिमप्राइड १ एम.जीको औषधि खाली पेटमा र मेटफर्मिन खानापछि खाँदा यसले राम्रो फाइदा गर्ने हुन्छ । यस्ता औषधि सेवन गराउदा खानाको वीचमा खानाले राम्रो फाइदा गर्ने हुन्छ ।

हिग्वस्टक चूर्णठिक यहि कुरा आयुर्वेद औषधिमा पनि लागु हुन्छ । हिग्वस्टक चूर्णको प्रयोगबाट बायुगोला, गानो गोला, अपच, आँउ पेचिस, ग्यास्ट्रिक जस्ता रोगमा यसको भूमिका राम्रो छ तर औषधि सेवन गर्ने तरिका सहि नहुँदा यसले फरक काम गर्ने हुन सक्छ ।

हिग्वस्टक चूर्ण सेवन गर्दा हमेसा खानाको वीचमा हुनुपर्छ । आजकाल औषधि दिएर पठायो बाटोमा जाँदा-जाँदा खाने तरिका बिर्सने बानीले काम गर्ने औषधिले काम गरिरहेको हुँदैन ।

ग्यास्ट्रिकको औषधि सेवन गर्दा हमेसा खाली पेटमा दिनुहोस् यसले राम्रो फाइदा गर्ने हुन्छ । कुन औषधि कसरी सेवन गर्ने भन्ने जानकारी प्राप्त गरेर मात्र औषधी सेवन गर्ने बानी बसाल्नु भएमा यसबाट राम्रो फाइदा उठाउन सकिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !