१५ पुस २०८१, सोमबार

क्यान्सरको रोकथाम गर्ने गुण भएको स्पिरुलिना


स्पिरुलिना

स्पिरुलिना (स्पिना) को गुण क्यान्सरको रोकथाममा पनि उपयोगी छ । आज सामान्य रोग लाग्दा पनि हामी तुरुन्त दवाइको पछि लाग्ने हाम्रो बानी रहेको छ । प्रकृतिले हामीलाई विविध रोगको उपचार गर्न जडिबुटी दिएको छ । हामीले तुरुन्त फाइदा हुने खालको औषधि सेवन गर्ने गर्दछौं । यसले गर्दा एउटा रोग निको भएपनि अर्को रोग लाग्ने सम्भावना बढी रहेको हुन्छ ।

यस लेखमा मैले स्पिरूलिना आयुर्वेद औषधिको बारेमा छोटो जानकारी दिने जमर्को गरेको छु । स्पिरुलिना (स्पिना) स्वस्थ पोषक तत्वबाट भरिएको र पोषक तत्वको अभावमा समेत महत्वपूर्ण भूमिका निभाउने खालको जडिबुटीबाट निर्मित औषधि हो । यो औषधिको प्रयोग बाट क्यानसर रोक्थाममा यसले राम्रो भूमिका निभाउने गरेको पाइन्छ । यो एउटा शक्तिशाली एन्टीअक्सिडेन्ट एजेन्टको रूपमा काम गर्दछ ।

जसको साहेताले शरीरमा हुनसक्ने हानिकारक कणलाई नष्ट गर्दै क्यानसर रोग फैलनबाट समेत बचाउन सक्छ । आजकाल विविध रोग लाग्नुको पछाडि सबैभन्दा पौष्टिक खानाको अभावलाई लिन सकिन्छ । विविध प्रकारका रोग लाग्नुको पछाडि अनावश्यक औषधिको सेवनलाई पनि लिन सकिन्छ ।

यस्ता औषधि हामीले प्रयोग गरेर स्वास्थ्य लाभ उठाउन सकिनेछ । हाम्रो भूमिमा यस्ता अनेकौं जडीबुटी छन् जसको साहेताबाट हामी स्वस्थ रहन सक्छौं ।

यस्ता छन् स्पिरुलिनाको गुणहरू

१.१८ प्रकारको विटामिन र मिनरलको भण्डार
२. एमिनो एसिडयुक्त
३. ६५% हिस्सा प्रोटिन
४. फाइटो न्यूट्रीएंट्स, एन्टीअक्सिडेन्टस् भएको

स्पिरूलिना शरीरको लागि सुपरफूड मान्ने गरेको देखिन्छ । हाल आएर यसको प्रयोग बढी हुँदै गर्दा स्पिरुलिना काफी लोकप्रिय हुँदै गएको हामी देख्न र सुन्न सक्छौं । स्पिरुलिनामा भिटामिन, मिनरल र प्रोटीन प्रसस्त पाइने कुरा पत्ता लागेको छ ।

यस्मा हाम्रो शरीरलाई चाहिने अति आवश्यक पोषकतत्व पाइने कुरा यो लेखबाट जानी सक्नुभयो । स्पिरुलिनामा अन्य भिटामिन प्रोटीन, फाइबर, आयरन, विटामिन ए, विटामिन बी-१२, फोलिक एसिड, कॉपर लगायतका अन्य पोषकतत्व पाइने हुनाले यसको प्रयोग हुन आवश्यक देखिएको छ ।

यो औषधि विभिन्न आयुर्वेद कम्पनीले बनाएर बजारमा ल्याएका छन् । यो औषधिको मात्रा खाने तरिका तल दिइएको छ ।

मात्रा : २ क्याप्सुल दिनमा एकपटक दूधसंग खानुहोला । बजारमा स्पिना नामले यो औषधि खरिद गर्न सक्नुहुन्छ ।

स्पिरुलिना

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !