नवलपुर । विगतलाई सम्झदा हामीलाई अहिले अच्चम लागेर आउँछ । हामीले २०३९/४० सालतिर ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा संचालन गर्दा सहरमा बस्ने डाक्टर प्राय: गाउँमा नबस्दा गाउँका मानिसलाई सास्ती हुने गर्दथ्यो । तर यसको कमीलाई हामीले पुरा गरेका थियौं । तर सवैभन्दा ठूलो समस्या औषधि ल्याउन ज्यानको माया मारेर भएपनि डुवामा चढेर नारायणघाट औषधि लिन जानुपर्दथ्यो ।
यसरी औषधि ल्याएर घर-घरमा गएर उपचार गर्नुपर्दथ्यो । गाउँमा झाडावान्ता हैजा फैलदा घर-घरमा गएर सलायन चढाउने जस्ता काम गरिन्थ्यो । मलाई एउटा सम्झना आउँछ । वर्षातको समयमा सर्पले डसेका केसहरू पनि हेर्नुपर्ने बाध्यता त्यति बेला हुने गर्दथ्यो ।
हामीले सर्प जस्तोसुकै विषालु भएपनि उपचार गरेर ठिक गरेर घर पठाउने गर्दथ्यो । पछि समय परिवर्तन हुदै गयो मान्छेहरू बाठा हुन थाले । रोगको उपचार गर्दा त्यतिबेला ग्यारेन्टीको कुरा भन्दा पनि उपचार कसरी सम्भव छ, कसरी बचाउन सकिन्छ भन्नेमा जोड हुँदा खतरा मोलेर काम गर्दाको मजा नै फरक हुने गर्दथ्यो ।
आज उपचार राम्रो भए डाक्टर ठिक यदि नभए डाक्टर बेठीक भन्दै तोडफोड गर्ने क्रियाकलापले गर्दा उपचारमा डाक्टरको मनोबल समेत खस्कदै गएको देखिन थाल्यो । काम गर्दा जिम्मेवार बोध हुन आवश्यक छ । डाक्टर भगवानको दोस्रो रूप मान्ने समाज आज डाक्टरलाई दु:ख पिडा दिन थाले यसरी उपचार गर्ने तरिकामा आमुल परिवर्तन हुँदै गयो ।
अर्को एउटा केही वर्ष यता जनतामा जीवन वीमाले अब अकालमा मर्न नपर्ने जस्तो आत्मा विश्वास पैदा गराएको पाइएको छ । हिजोसम्म मेहनत मजदुरी गरेर खानेले पनि जीवन विमा चाहिन्छ भन्ने कुरा महसुस गर्न थाले । यो पनि परिवर्तनको एउटा भाग हो भन्ने मलाई लागेको छ ।
जीवन विमालाई सदुपयोग गर्न जानिसकेका जनताले दिएको पैसा भन्दा बढीको फाइदा उठाउन सक्ने भइसकेको मैले पाएँ । एकपटक एकजना दाजु म कहाँ उपचार गर्न आउनुभएको थियो । मलाई सोध्नु भयो सर मेरो वीमा छ होलबडि चेक गराउँन पाए मलाई फाइदा हुनेथियो भन्नुभयो मलाई लाग्यो वास्तवमा वीमाले मान्छेलाई ठूलो सहयोग गरेको जस्तो भान भयो ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।