१९ असार २०८१, बुधबार

आठ वटा स्थानीय तहमा ५२ वटा स्वास्थ्य संस्था हस्तान्तरण


heath office

३१ वैशाख, बर्दिया । यस जिल्लाका स्थानीय तह गाउँपालिका र नगरपालिकामा स्वास्थ्य संस्था हन्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

बर्दियाको ३० वटा स्वास्थ्य संस्था, तीन प्राथमिक स्वास्थ्य कार्यालय, नौवटा सहरी स्वास्थ्य कार्यालय, छवटा सामुदायिक स्वास्थ्य एकाइ र चारवटा आयुर्वेद औषधालय गरी जम्मा ५२ वटा जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा रहेको स्वास्थ्य संस्थालाई औपचारिकरुपमा बर्दियाको आठवटा स्थानीय तहमा हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारुले बर्दियाका जनतालाई अधिकतम स्वास्थ्य सेवा दिएर काम गर्ने जिम्मेवारी कर्मचारीमा आएकाले आफनो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा आठवटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वास्थ्य संस्थालाई आवश्यक पर्ने नीति तथा बजेट बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त हस्तान्तरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले खर्च भएर जाने खर्च नभएर जाने चलअचल सम्पत्ति बुझाउँदा आठवटै स्थानीय तहका स्वास्थ्य कार्यक्रम हेर्ने प्रमुखले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !