१९ असार २०८१, बुधबार

पुरुष सौन्दर्यता प्रतियोगिता : विजेतालाई ताजसहित रु एक लाख


No photo Image

२६ वैशाख, काठमाण्डौ । सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको जुम इन इभेन्टस् नामक संस्थाले म्यान अफ द नेपालको विजेतालाई ताजसहित रु एक लाख पुरस्कारको घोषणा गरेको छ ।

मंगलबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा सोही प्रतियोगितामा संयोजक विमल परियारले दोस्रो र तेस्रोलाई क्रमशः रु ५० हजार र रु २५ हजारको पुरस्कार व्यवस्था गरिएको जानकारी दिनुभयो ।

विजेताले फिलिपिन्समा हुने म्यान अफ द वल्र्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने व्यवस्था गरिएको छ । प्रतियोगितामा १८ देखि ३० वर्षसम्मका युवक सहभागी गराइनेछ भने देशका विभिन्न शहरबाट अधिकतम प्रतियोगीलाई सहभागी गराउनका लागि कार्यक्रमको महत्वलाई प्रचारप्रसार गरिएको छ ।

सौन्दर्यताका लागि आवश्यक विभिन्न चरण पूरा गरेपछि प्रतियोगितामा छनोट गर्दै उनीहरूलाई माथिल्लो तहको तालीम दिइने छ । धरान, विराटनगर, चितवन, बुटवलबाट प्रतियोगी छनोटका कार्य भइरहेको छ भने काठमाडौँमा यही वैशाख ३१ गते छनोट गरिने आयोजकले जनाएका छन् ।

देशका विभिन्न स्थानवाट छनोट भएर आएका प्रतियोगीमध्ये उत्कृष्ट छनोट गर्न आगामी असार १ गते अन्तिम चरणको प्रतिस्पर्धा काठमाडौँमा गराइनेछ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !