९ पुस २०८१, मंगलबार

डा.माकजुले भने, ‘नीजि क्षेत्रको देनले स्वास्थ्य क्षेत्रमा निकै ठूलो परिवर्तन भएको छ’


doctor ram

१८ वैशाख, भक्तपुर । काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.रामकण्ठ माकजु श्रेष्ठले मंगलबार भक्तपुरको दुवाकोटमा काठमाण्डौ मेडिकल कलेज पब्लिकको १९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपालमा सबै मिलेर स्वास्थ्य क्षेत्रको विकासमा लाग्नुपर्ने बताएका छन् ।

डा.माकजुले भने ‘दश वर्षयता नेपालको रुवास्थ्य क्षेत्रमा धेरै परिवर्तन भएको छ, यो नीजि क्षेत्रको देन हो ।’ बिरामीको उपचारमा मात्रै नभएर मेडिकल क्षेत्रलाई चाहिने हजारौं योग्य जनशक्ति उत्पादनमा नीजि स्वास्थ्य संस्थाको ठूलो योगदान रहेको प्राध्यापक डाक्टर श्रेष्ठले बताए ।

काठमाण्डौ मेडिकल कलेज अध्यक्ष रविन्द्रराज पाण्डेले अस्पतालले हरेक वर्ष लाखौं सर्वसाधारणको उपचार गरिरहेको बताए । अध्यक्ष पाण्डेले भने ‘विरामीको उपचार र डाक्टर, नर्स र स्वास्थ्य प्राविधिक उत्पादनमा हामीले जनशक्ति अभावलाई कम गर्न मद्दत गरिरहेका छौं ।’

मेडिकल कलेजको १९ औं वार्षिकोत्सव कार्यक्रम पारेर अघिल्लो शैक्षिक सत्रमा उत्कृष्ठ हुने विभिन्न विधाका छात्रा तथा छात्रहरुलाई नगद, ल्यापटप र टयाब र शिक्षक, कर्मचारीलाई नगद पुरस्कार, प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !