५ मंसिर २०८१, बुधबार

अध्ययनले भन्यो- कोभिड संक्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्या हुनसक्छ


कोरोना संक्रमित

पेरिस । कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएकोे छ ।

कोभिडको संक्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा यस्तो समस्या दोब्बर देखिएको अध्ययनमा पाइएको हो । युएस सेन्टरस् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको अध्ययनबाट सो पाइएको बताइएको छ ।

सन् २०२० को मार्चदेखि सन् २०२१ को नोभेम्बरसम्म कोभिड सङ्क्रमणमा परेका करिब ३ लाख ५० हजार जना मानिसमा सो अनुसन्धान गरिएको सो सेन्टरले जनाएको एएफपी समाचार समितिले गतहप्ता जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !