६ जेष्ठ २०८१, आइतबार

पाँच महिना लामो उपचारपछि डा. देवकोटालाई नेपाल ल्याइयो


doctor upendra

१८ वैशाख, काठमाण्डौ । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतस्थित किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ल्याइएको छ । उनको अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा थप उपचार भइरहेको छ ।

बाँकी उपचार नेपालमै गराउने इच्छा अनुसार डा. देवकोटालाई तीन दिनअघि नेपाल ल्याइएको हो ।

अहिले उनको स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ । ‘डा. देवकोटाको उपचार यसै अस्पतालमा सघन रुपमा चलिरहेको छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनलाई लागेको रोगको विषयमा विज्ञप्तिमा उल्लेख छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !