२६ पुस २०८१, शुक्रबार

नेपाल वैकल्पिक चिकित्सा परिषद्द्वारा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना


नि:शुल्क स्वास्थ्य शिविर

नवलपुर । नेपाल वैकल्पिक चिकित्सा परिषद्को जन्म उत्सवको उपलक्ष्यमा आज दिन नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त शिविरको उद्घाटन यस नवलपुरका मेयर भिमलाल अधिकारीको आतीत्थ्यमा सम्पन्न गरिएको थियो भने शिविर लगाउन वार्ड नम्बर ६ मा रहेको दुर्गा आधारभुत विद्यालय र यस क्षेत्रका युवा क्लबको सक्रिय सहभागिता रहेको थियो ।

यो शिविरमा सेवा दिने डा. राजन पौडेल, डा. नवराज लामिछाने, डा. टकेन्द्र गौतम, डा. अभिषेक फौजदार र इन्ड्ग्रेट हस्पिटलबाट ल्याव टेक्निसीयन, फार्मासिस्ट र स्टाफ नर्सले सेवा प्रदान गरेका थिए । उक्त स्वास्थ्य शिविरमा करिब २८५ जनाले स्वास्थ्य परीक्षण नि:शुल्क औषधि, ल्याब प्रशिक्षण गराई स्वास्थ्य लाभ उठाएका थिए ।

यस क्षेत्रका जनतालाई लक्षित गरि गरिएको स्वास्थ्य शिविर निकट भविष्यमा निरन्तरता दिनु पर्ने बक्ताहरूले बताए ।‌ यस नेपाल वैकल्पिक चिकित्सा विकासले स्थापना कालदेखि नै स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । नेपाल वैकल्पिक चिकित्सा विकास परिषद्ले यस क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिने उद्धेश्यअनुरुप योग शिविर, जडिबुटी सम्बन्धि जनचेतनामुलक कार्यक्रम, जडिबुटी सेमीनारको आयोजना जस्ता कार्यक्रम चाडै नै लागू गर्ने लक्ष्य लिएको छ ।

स्वास्थ्य सेवा महंगो भएको यस घडीमा जनतालाई जडिबुटीको पहुचमा पुर्याएर खेर गएको जडिबुटीको सहि उपयोग गर्न के कस्ता कदम चाल्न सकिन्छ भन्ने कुरामा गहन अध्ययन गरेर हामी सम्वन्धित निकायसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त पनि गरिएको छ ।

नेपाल जस्तो अल्पविकसित राष्ट्रमा यस्ता कार्यक्रम संचालनमा आउन सके र यस क्षेत्रमा खेर गएका जडिबुटीको पहिचान गरि सदुपयोग गर्न सके बेरोजगार रोक्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपालमा लागू औषधको रूपमा लिइएको गाँजाबाट लत्ताकपडा, धागो, कागत, औषधि जस्ता बस्तु बनाएर अर्थतन्त्रमा समेत टेवा पुग्न सक्ने देखिन्छ ।

गाँजालाई बुद्धिबर्धक औषधिको रूपमा लिइएको छ । भारत, अमेरिका जस्ता देश गाजाको औषधि सामाग्री बनाएर धेरै अगाडी पुगिसकेका छन् । रक्सी सुर्ती चुरोटको नसाबाट मर्नेको संख्या धेरै भएपनि गाँजाको सेवनबाट मरेको कुनै तथ्यांक छैन । यस विषयमा सरकारले सोच्नुपर्ने बेला आएको छ ।

देशमात्यतिकै खेर गएका बस्तु र प्रतिबन्धित समुहमा राखेका जडिबुटी सरकारको निगरानीमा राखी निजी क्षेत्रका व्यापारी नभई सरकारले नै बेच्ने व्यवस्था मिलाउन सके देशले चाँडो फड्को मार्ने र बेरोजगारको पनि अन्त हुने प्रवल सम्भावना देखिएको छ ।

आजको कार्यक्रमको झलक तल दिइएको छ :
नि:शुल्क स्वास्थ्य शिविरनि:शुल्क स्वास्थ्य शिविरनि:शुल्क स्वास्थ्य शिविरनि:शुल्क स्वास्थ्य शिविर
नि:शुल्क स्वास्थ्य शिविरनि:शुल्क स्वास्थ्य शिविरनि:शुल्क स्वास्थ्य शिविरनि:शुल्क स्वास्थ्य शिविरनि:शुल्क स्वास्थ्य शिविरनि:शुल्क स्वास्थ्य शिविरनि:शुल्क स्वास्थ्य शिविरनि:शुल्क स्वास्थ्य शिविरनि:शुल्क स्वास्थ्य शिविर नि:शुल्क स्वास्थ्य शिविर नि:शुल्क स्वास्थ्य शिविर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !