२६ पुस २०८१, शुक्रबार

आज विश्व थाइराइड दिवस, यस्ता छन् यो रोगबाट बच्ने उपायहरु


विश्व थाइराइड दिवस

नवलपुर । आज ११ गते बुधबार May 25, विश्व थाइराइड दिवस । आजै कै दिन देखि विश्वमा छरिएर रहेका मानवको लागि यो कस्तो रोग हो । यसबाट कसरी बचाउन सकिन्छ भन्ने जनचेतना फैलाउनेउद्धेश्यले यो दिवसको रूपमा विश्वभर आजैको दिन थाइराइड दिवस भव्यताका साथ मनाउदै आएका छन् ।

थाइराइड हर्मोन बढ्नुको मुल कारण आयोडिनको कमीले गर्दा हो भन्ने थाइराइड रोग विशेषज्ञको मत देखिन्छ । आज विश्वका अधिकांश देशमा विस्तारै विस्तारै आफ्नो पकड यो रोगले जमाउदै अघि बढेको छ । हाम्रो देशको सन्दर्भमा भन्नुपर्दा हरेक घरमा आयोडिनयुक्त नुन खाने गरेतापनि माहामारीको रूपमा हरेक घरमा थाइराइड हर्मोनको विरामी वढ्दै गएको हामी देख्न सक्छौं ।

यो रोग कसरी लाग्छ यो रोगबाट बच्न हामीले कस्तो खानपान गर्नुपर्छ भन्ने विषयमा जानकारी हुन सके यो रोगबाट आफ्ना भावी पुस्तालाई बचाउन सकिनेछ । आउनुस यो रोगको बारेमा केही जानकारी प्राप्त गरौं । थाइराइड हर्मोनको खास काम भनेको गति नियन्त्रण गर्न मेटाबोलिजम सिस्टमलाई बलियो बनाउन ठूलो मद्दत गरेको हुन्छ । यो ग्रन्थि घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ ।

यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ ।थाइराइड भनेको एउटा ग्रन्थी हो । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।

यहाँ एउटा महत्वपूर्ण कुराको जानकारी हुन आवश्यक छ । आजकाल हरेक घरमा मधुमेहका रोगी छन् । मधुमेहका रोगीले आफ्नो स्वास्थ्य परीक्षण गराउदा वर्षको एक पटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिलेकाहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ ।

यस्ता छन् थाइराइड रोग लाग्दा देखिने प्रमुख लक्षणहरू

१. हाइपो थाइराइड भएमा शरिर मोटाउँदै जाने हुन्छ भने हाइपर थाइरोइडमा शरीर दुब्लाउने हुन्छ । यसको असर पुरूषमा भन्दा महिलामा बढी देखिएको हुन्छ ।

२. हाइपो थाइरोइड रोग लाग्दा महिला युवा युवतीहरूको महिनावारी ठिक समयमा नहुने बाझोपनको समस्या देखिन सक्छ ।

३. थाइराइड हुने महिला पुरुषको शरीर चिसो हुने गर्दछ । त्यस्ता व्यक्तिको शरिरको तापक्रम प्रायः नर्मल भन्दा कम देखिन सक्छ ।

४. थाइराइड रोग लागेका महिला पुरुषमा शरीरमा रोग-प्रतिरोधक क्षमता कम़जोर हुदै जान थाल्दछ । इम्यून सिस्टम कमजोर हुने हुनाले कालन्तरमा उसलाई अनेक रोग लाग्ने खतरा बढ्ने हुन्छ ।

५. थाइराइड रोग लागेका व्यक्तिलाई चाडै थकाई लाग्ने समस्या देखिन सक्छ । यस्ता व्यक्ति धेरै आलसि हुने गर्दछन् । त्यस्ता व्यक्तिको शरीरमा ताकत बिलकुल हुदैन ।

६. थाइराइड रोग लागेका व्यक्तिलाई रूघा लागी रहने समस्या देखिएको छ । औषधि सेवन गर्दापनि निको नहुने हुन्छ ।

७. थाइराइडको समस्या भएका महिला पुरुषमा डिप्रेशनमा पुग्ने खतरा बढेको हुन्छ । बिर्सने बानी, काम गर्न जाँगर नलाग्ने, सेक्समा रूचि नलिने जस्ता समस्या देखिन सक्छ ।

नोट : थाइराइड एउटा हर्मोनको गडबडीले बढ्ने घट्ने हुन्छ । यो रोग लागेमा केही बार्नुपर्छ भन्ने छैन । खानाले खायो पनि हुन्छ ।

थाइराइड हर्मोनको सफल उपचार

१. काचनार गुगल २ गोली दिनमा २ पटक २ महिना जति खानुस् ठिक हुन्छ ।

२. अशोगन्धा चूर्ण एक चम्चा दिनमा २ पटक दुधसंग दिने यो उपचार हाइपो थाइरोडिज्म्को केसमा महत्वपूर्ण छ । यस्तो समस्या भएर दुब्लाउँदै गएको अवस्थामा यसले राम्रो फाइदा गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !