१९ असार २०८१, बुधबार

अमला किन खाने ? यसका फाइदाहरु थाहा पाउनुहाेस्


amala

अमला एक प्रकारको फल हो । यो अमिलो स्वादको हुने भएपनि हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक छ । यो २ किसिमको पाइन्छ । जसलाई पानी अमला र पहाडे अमला भनेर चिनिन्छ । दुवै स्वाद फरक पाइन्छ । पहाडे अमला सुरुमा खादा टर्रो र एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला खानमा पनि मिठो हुने र स्वास्थ्यको लागि पनि निकै लाभदायक रहेको छ । यसमा भिटामिन सी पनि पाइन्छ । यसको सेवन गर्नाले विभिन्न रोगबाट पनि मुक्त हुन सकिन्छ ।

अमला खादाका फाइदाहरुः

१. अमलाको रसमा मह मिलाएर खाने गरेमा पिसाब पोल्न बन्द हुने र पिसाब सफा आउने हुन्छ ।
२. दिनहुँ अमला खाने गरेमा मुटुरोग लाग्ने जोखिम कम हुन्छ ।
३. नाकवाट रगत बग्ने समस्या भएकाहरूले अमलालाई पिसेर बाख्राको दूधमा मिसाई टाउको र तालुमा लगाउनाले रगत बग्न बन्द हुन्छ ।
४. पत्थरी भएकाहरूले अमलाको चूर्णमा मुलाको रस मिलाएर ४० दिनसम्म लगातार खाने गर्नाले निकै फाइदा पुग्छ ।
५. शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।
६. शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।
७. अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ ।
८. अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ ।
९. कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्यावाट पनि मुक्ति दिन्छ ।
१०. अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरवाट बचाउनका लागि फाइदाजनक मानिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !